प्रधानमन्त्री अनुपस्थित भए विरोध जारी रहने कांग्रेस सचेतक राईको चेतावनी

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३१, बिहिबार

20
Share
Featured
काठमाडौँ

नेपाली काँग्रेसका सचेतक निश्कल राईले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री अनुपस्थित रहे विपक्षी दलहरूको विरोध जारी रहने बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रश्नबाट भागेर लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने काम गरिरहेको आरोप लगाए।

सांसद राईले प्रधानमन्त्रीले संसदलाई चिया चौतारीजस्तो ठानेर मन लागे आउने र मन नलागे नआउने व्यवहार देखाउनु गम्भीर विषय भएको बताए। उनले कार्यकारी प्रमुखले संसदजस्तो संवैधानिक संस्थालाई बेवास्ता गर्नु दुःखद भएको टिप्पणी गरे।

उनले प्रधानमन्त्री देशभित्रै रहेर पनि संसद भवन नजिकैका कार्यक्रममा उपस्थित हुने तर सदनमा नआउने अवस्थाप्रति प्रश्न उठाउँदै यस्तो व्यवहारलाई स्वीकार गर्न नसकिने बताए। राईले प्रधानमन्त्रीले संसदमा उपस्थित नभए विपक्षीहरूको विरोध निरन्तर जारी रहने चेतावनी पनि दिएका छन्।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)नेपाली काँग्रेसकाठमाडौँनिश्कल राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...