आईपीएल: हैदराबादलाई हराउँदै गुजरात शीर्ष स्थानमा

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३०, बुधबार

18
Share
Featured

काठमाडौँ। ३० वैशाख 

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार भएको खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादमाथि ८२ रनको सानदार जित दर्ता गरेको छ। यो जितसँगै १६ अंक जोड्दै गुजरात तालिकाको पहिलो स्थानमा उक्लिएको छ।

पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनाएको थियो। टोलीका लागि साइ सुदर्शनले ६१ रन र वासिङ्टन सुन्दरले ५० रनको योगदान दिए। हैदराबादका प्रफुल हिङ्गे र साकिबले समान २–२ विकेट लिए पनि गुजरातलाई मध्यम योगफलमा रोक्न सकेनन्।

१६९ रनको लक्ष्य पछ्याएको हैदराबादको सुरुवात निकै खराब रह्यो। पावरप्लेमै ४ विकेट गुमाएको हैदराबाद १४.५ ओभरमा मात्र ८६ रनमा समेटियो। कप्तान प्याट कमिन्सले बनाएको १९ रन नै टोलीको सर्वाधिक स्कोर रह्यो। गुजरातको जितमा जेसन होल्डर र कागिसो रबाडाले ३–३ विकेट तथा प्रसिद्ध कृष्णाले २ विकेट लिए। यो जितसँगै अहमदाबादमा सन् २०२३ यता गुजरातले हैदराबादविरुद्ध लगातार चौथो जितको कीर्तिमान समेत बनाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...