नेपाल यातायात महासङ्घको निर्वाचनमा कसैलाई समर्थन नगरेको ट्रक महासङ्घको स्पष्टोक्ति

Author

सजिलो पत्रिका

२०८३ वैशाख २९, मङ्गलबार

13
Share
Featured

काठमाडौँ

नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको निर्वाचनमा कुनै पनि उम्मेदवारलाई आधिकारिक समर्थन नगरेको स्पष्ट पारेको छ। केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा ट्रक महासङ्घका अध्यक्ष राजेन्द्र विक्रम बानियाले हरिशरण केसीलाई समर्थन गरेको भन्ने समाचार सार्वजनिक भएपछि महासङ्घले त्यसको खण्डन गरेको हो।

अध्यक्ष बानियाले जारी गरेको विज्ञप्तिमा ट्रक महासङ्घ स्वायत्त संस्था भएकाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घप्रति उच्च सम्मान राख्दै तटस्थ भूमिका अपनाइएको उल्लेख गरिएको छ। आसन्न अधिवेशनमा संस्थागत रूपमा कुनै पनि उम्मेदवारलाई समर्थन नगरिएको उनले स्पष्ट पारेका छन्।

विज्ञप्तिमा सामाजिक सञ्जाल, अनलाइन सञ्चार माध्यम तथा विभिन्न पत्रपत्रिकामा प्रकाशित समर्थनसम्बन्धी समाचार आधिकारिक नभएको पनि जनाइएको छ। महासङ्घले निर्वाचन प्रक्रियामा कसैको पक्ष वा विपक्षमा नलाग्ने नीति लिएको बताइएको छ।

ट्रक महासङ्घ र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ सहोदर संस्थाका रूपमा रहेको उल्लेख गर्दै बानियाले आपसी सम्मान र सहकार्यलाई निरन्तरता दिइने बताएका छन्।

यता पोखरामा जारी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रिया चलिरहेको छ। अध्यक्ष पदका लागि पुण्यप्रसाद सिटौला र हरिशरण केसीबीच प्रतिस्पर्धा भइरहेको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले बैंक तथा वित्तीय संस्थाका पदाधिकारीमाथि हुने कारबाही र उनीहरूको भविष्यको योग्यताका विषयमा ऐनमै स्पष्ट व्यवस्था हुनुपर्ने माग गरेका छन्। आइतबार प्रतिनिधि सभाको अर्थ समितिमा 'नेपाल राष्ट्र बैंक ऐन, २०५८' को संशोधन विधेयकमाथिको छलफलमा उनले यस्तो धारणा राखेका हुन्।रावलले प्रस्तावित विधेयकको दफा

    Data is loading...

    Loading brands...

    Loading footer...