क्रिकेट विश्वकप लिग २ को कीर्तिपुर श्रृङ्खला क्लीन स्वीपको दाउमा नेपाल

Author

सजिलो पत्रिका

२०८३ वैशाख २८, सोमबार

22
Share
Featured

ललितपुर : आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाल को लागि मंगलवारबाट सुरु हुने श्रृङ्खला एकदिवसीय मान्यता जोगाउन महत्वपूर्ण अवसर हुनेछ। अमेरिका र स्कटल्याण्ड सम्मिलित श्रृङ्खलामा शत प्रतिशत नतिजा निकालेको खण्डमा नेपाल पाँचौँ स्थानसम्म पुग्नेछ। 

२० खेलको समाप्तिमा १२ अंकसहित तालिकाको छैटौँ स्थानमा रहेको नेपालले केही दिनअघि सम्पन्न ओमान र युएई सम्मिलित श्रृङ्खलामा ४ मध्ये ३ खेल जित्दै तालिकामा १८ अंक बनाएको थियो। 

यस्तै तवरले खेलमा सुधार ल्याउँदै होम ग्राउण्डको भरपुर सदुपयोग गर्न सकेको खण्डमा नेपालले शीर्ष ६ भित्र अटाउँदै एकदिवसीय मान्यता जोगाउन सहज हुने पूर्व राष्ट्रिय खेलाडी भूवन कार्कीले बताए। 

कीर्तिपुर श्रृङ्खला क्लीन स्वीपको दाउमा नेपाल छ। श्रृङ्खलाका सके सबै नभए कम्तिमा पनि ३ खेल जितेमा नेपालले शीर्ष ६ या ५ सम्म सजिलै अटाउने वातावरण बनाउन सक्छ। त्यसका लागि सकेसम्म ४ बटै म्याच जित्नु जरुरी रहेको अर्का पूर्व राष्ट्रिय खेलाडी दीपेन्द्र चौधरी बताउँछन्। 

नेपालले २४ खेलमा ८ जित र २ अनिर्णित खेलको २ अंक सहित नेपाल १८ अंक बटुलेर तालिकाको पुछारबाट दोस्रो स्थानमा एवं समग्रमा सातौँ स्थानमा छ।  

आईसीसी क्रिकेट विश्वकप लिग २ तालिकामा शिर्ष ६ भित्र पर्ने टिम स्वतः एकदिवसीय मान्यता प्राप्त हुनेछ। विश्वकप छनोटमा समेत तल पर्ने टिमले अन्य छनौट प्रतिस्पर्धाको बाटो रोज्नुपर्नेछ। 

अघिल्लो संस्करणको जस्तो खेलको नतिजा आए शीर्ष ५ सम्म पुग्न ती ४ खेल नै काफी हुन्छन्। तर सधै त्यही खालको नतिजा आउँछ भन्ने हुँदैन। 'खेल हो सबै उस्तै टिम छन् , जे नतिजा पनि आउन सक्छ', पूर्व राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्र चौधरीले भने। 

यो समाचारमा

ललितपुरनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...