स्वास्थ्य मन्त्रीद्वारा राष्ट्रिय सरसफाइ सप्ताहको उद्घाटन सम्पन्न

Author

सजिलो पत्रिका

२०८३ वैशाख २८, सोमबार

26
Share
Featured
  • स्वास्थ्य मन्त्री निशा मेहेताले वीर अस्पतालबाट ‘राष्ट्रिय सरसफाइ सप्ताह’ अभियानको उद्घाटन गरिन्।
  • आजदेखि जेठ १ गतेसम्म देशभरका सबै सरकारी कार्यालयमा सरसफाइ, रङ्गरोगन, सूचना व्यवस्थापन र स्वच्छ शौचालय निर्माण अभियान सञ्चालन हुनेछ।
  • सरकारले फोहोर व्यवस्थापन, खुला रूपमा फोहोर जलाउन रोक र सेवाग्राहीमैत्री वातावरणमार्फत सरकारी सेवाको गुणस्तर सुधार्ने लक्ष्य लिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, मर्यादित र वातावरणमैत्री बनाउने उद्देश्यका साथ आज देखि देशभर 'राष्ट्रिय सरसफाइ सप्ताह' सुरु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले वीर अस्पतालमा आयोजित एक कार्यक्रम बीच यस अभियानको औपचारिक उद्घाटन गरेकी छिन्।

सरकारले आज देखि जेठ १ गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयहरूमा यो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन, २०८३’ अनुसार अब सरकारी निकायहरूमा सरसफाइको स्पष्ट मापदण्ड लागू हुनेछ।


अभियान अन्तर्गत कार्यालयका भित्ता रङ्गरोगन गर्ने, सूचना बोर्ड व्यवस्थित गर्ने र शौचालयहरूलाई दुर्गन्ध रहित तथा महिला एवं अपाङ्गतामैत्री बनाइनेछ। मार्गदर्शनले कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने, खुला रूपमा फोहोर जलाउन नपाइने र कार्यालय परिसरको १०० मिटर वरिपरि सफा राख्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ। सेवाग्राहीलाई सहज बनाउन 'हेल्प डेस्क' सुदृढ गर्ने र स्वच्छ कार्य वातावरण निर्माण गरी सरकारी सेवाको गुणस्तर सुधार्ने सरकारको लक्ष्य छ।


यो समाचारमा

काठमाडौँनिशा मेहता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भक्तपुरको गेष्ट हाउसमा १८ वर्षीया किशोरीको शंकास्पद मृत्यु

    काठमाडौं । भक्तपुर नगरपालिका–१, दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी १८ वर्षीया किशोरी सलिना श्रेष्ठको शंकास्पद मृत्यु भएको छ। दोलखाको भीमेश्वर नगरपालिका–९ घर भई हाल चाँगुनारायण–९, टेडोल बस्दै आएकी सलिना सोमबार बिहान मृत फेला परेकी हुन्।प्रहरीका अनुसार सलिना आइतबार राति करिब १० बजे अन्य चार जना साथीहरूसँग गेष्ट हाउस पुगेकी थिइन्।

    Data is loading...

    Loading brands...

    Loading footer...