टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Author

सजिलो पत्रिका

२०८३ वैशाख २८, सोमबार

24
Share
Featured

काठमाडौँ, २८ वैशाख


टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख २३ गतेदेखि निष्कासन खुला गरेको साधारण सेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबर ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ मूल्यको ४२ लाख ३० हजार ६६८ कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गर्न अनुमति पाएको थियो ।

जसमध्ये १२ लाख कित्ता सेयर भोजपुर जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको थियो भने ३ लाख ३ हजार ६७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको थियो । त्यसैगरी १ लाख ५१ हजार ५३३ कित्ता सेयर सामूहिक लगानी कोषका योजनाहरूका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत दिन सकिनेछ । साथै, लगानीकर्ताले मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    Data is loading...

    Loading brands...

    Loading footer...