उपत्यकामा ट्राफिक सचेतना कक्षा विस्तार, अब ललितपुर र भक्तपुरबाट पनि सञ्चालन हुने

Author

सजिलो पत्रिका

२०८३ वैशाख २७, आइतबार

21
Share
Featured

काठमाडौँ

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूका लागि सञ्चालन गरिने सचेतना कक्षाको दायरा विस्तार गर्ने भएको छ ।

हालसम्म रामशाहपथस्थित केन्द्रीय कार्यालयमा मात्र भौतिक रूपमा सञ्चालन हुँदै आएको ट्राफिक सचेतना कक्षा अब ललितपुरभक्तपुरबाट पनि सुरु हुने भएको हो । आगामी २०८३ जेठ १ गतेदेखि ललितपुर र भक्तपुरस्थित ट्राफिक प्रहरी परिसरबाट समेत कक्षा सञ्चालन गर्ने तयारी पूरा भएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा गाडी चलाउने तथा रातो बत्ती र लेन उल्लंघन गर्ने चालकहरूलाई अनिवार्य रूपमा यस्तो सचेतना कक्षा लिनुपर्ने व्यवस्था छ ।

लामो समयदेखि एउटै स्थानमा मात्र कक्षा सञ्चालन हुँदा सेवाग्राहीलाई असुविधा हुँदै आएको थियो । अब तीनै जिल्लाबाट कक्षा सञ्चालन हुने भएपछि चालकहरूलाई सहज हुने अपेक्षा गरिएको छ ।

यो समाचारमा

ललितपुरकाठमाडौँभक्तपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...