आगामी बजेटमा उद्योग र लगानीलाई प्राथमिकता दिन परिसङ्घको सुझाव

Author

सजिलो पत्रिका

२०८३ वैशाख २७, आइतबार

29
Share
Featured
  • नेपाल उद्योग परिसङ्घले आगामी बजेट उद्योग विस्तार, लगानी वृद्धि र निजी क्षेत्रमैत्री बनाउन सरकारलाई आग्रह गरेको छ।
  • परिसङ्घले १० वर्ष स्थिर औद्योगिक नीति, १० लाखसम्म न्यूनतम आयकर सीमा, सरल डिजिटल कर प्रणाली तथा उद्योगका लागि जग्गा हदबन्दी हटाउन सुझाव दिएको छ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रको लगानी बिना विकास सम्भव नभएको भन्दै कानुनी र कर सुधार तथा पूर्वाधारमा निजी लगानीप्रति सरकार सकारात्मक रहेको बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल उद्योग परिसङ्घले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट उद्योग विस्तार र लगानी वृद्धिमा केन्द्रित गर्न सरकारलाई आग्रह गरेको छ। परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटी निजी क्षेत्रलाई विकासको वाहकका रूपमा स्विकार्न र आय आर्जन एवं सम्पत्ति सिर्जनामा सहयोग पुग्ने गरी बजेट ल्याउन सुझाव दिएको हो।

परिसङ्घले औद्योगिक नीतिको कम्तीमा १० वर्ष स्थायित्व सुनिश्चित गर्न, व्यक्तिगत आयकरको न्यूनतम सीमा १० लाख पुर्‍याउन र कर प्रणालीलाई सरल एवं डिजिटल बनाउन माग गरेको छ। यस्तै, उद्योगका लागि जग्गाको हदबन्दी हटाउन, ठूला पूर्वाधारमा निजी लगानी आकर्षित गर्न र चोरी पैठारी नियन्त्रणमा कडाइ गर्न पनि सुझाइएको छ।

सुझाव ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको लगानी बिना देशको विकास सम्भव नभएको बताएका छन् । उनले कानुनी र कर प्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गर्दै पूर्वाधार विकासमा निजी क्षेत्रको पूँजी परिचालन गर्न सरकार सकारात्मक रहेको जानकारी दिएका छन्।

यो समाचारमा

काठमाडौँस्वर्णिम वाग्ले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...