राष्ट्रिय स्वाधीनता संकटमा, कम्युनिस्ट एकता अपरिहार्य : प्रचण्ड

Author

सजिलो पत्रिका

२०८३ वैशाख २७, आइतबार

23
Share
Featured
  • प्रचण्डले नेपालको राष्ट्रिय स्वाधीनता इतिहासकै सबैभन्दा अप्ठ्यारो अवस्थामा पुगेको बताएका छन्।
  • उनले देशी–विदेशी शक्तिहरू कम्युनिस्ट आन्दोलन सखाप पार्न लागेको आरोप लगाउँदै कम्युनिस्ट एकताको आवश्यकता औँल्याएका छन्।
  • वर्तमान सरकारले गरिब र श्रमजीवी वर्गमाथि अन्याय गरेको दाबी गर्दै वर्गीय पक्षधरता मजबुत बनाउनुपर्ने बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको राष्ट्रिय स्वाधीनता इतिहासकै सबैभन्दा अप्ठ्यारो अवस्थामा पुगेको बताएका छन्। २६औँ निर्मल लामा स्मृति दिवसका अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

प्रचण्डले नेपालबाट कम्युनिस्ट आन्दोलन समाप्त पार्न देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरू योजनाबद्ध रूपमा लागेको आरोप लगाए। उनले यो वास्तविकतालाई स्वीकार गरेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।

उनका अनुसार कम्युनिस्ट आन्दोलनभित्र रहेका कमजोरीहरूको समीक्षा गर्दै सुधार गर्नुपर्ने बेला आएको छ। उनले सिंगो कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले एकताबद्ध गरेर अघि बढ्नुको विकल्प नरहेको उल्लेख गरे।

प्रचण्डले जेनजी आन्दोलन र भदौ २३–२४ पछिका राजनीतिक घटनाक्रमले राष्ट्रिय स्वाधीनतामाथि संकट थपिएको दाबी गरे। यद्यपि ती घटनाभित्रै कम्युनिस्ट एकताको सकारात्मक आधार रहेको उनको भनाइ थियो।

कार्यक्रममा उनले नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहलाई कम्युनिस्ट एकताको पहलमा अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह पनि गरे।

पूर्वप्रधानमन्त्री दाहालले वर्तमान सरकारले गरिब, श्रमिक तथा निमुखा वर्गमाथि बढी पीडा दिएको आरोप लगाए। उनले श्रमजीवी वर्गको हित र वर्गीय पक्षधरतालाई मजबुत बनाउन कम्युनिस्ट एकता आवश्यक रहेको बताए।

यो समाचारमा

नेपाली कम्युनिष्ट पार्टीमोहन विक्रम सिंहकाठमाडौँपुष्पकमल दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...