गौशालामा ३ थान ह्याण्ड ग्रिनेट फेला, सेनाद्वारा सुरक्षित डिस्पोज

Author

सजिलो पत्रिका

२०८३ वैशाख २७, आइतबार

24
Share
Featured

काठमाडौँ

काठमाडौँ महानगरपालिका–९ स्थित गौशालाको पशुपति राममन्दिर नजिक जङ्गल क्षेत्रमा ३ थान ह्याण्ड ग्रिनेट फेला परेको छ। बेवारिसे अवस्थामा भेटिएको उक्त ग्रिनेटका कारण क्षेत्र केही समयका लागि तनावपूर्ण बनेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतका अनुसार फेला परेका ग्रिनेट ३६ ह्याण्ड ग्रिनेटका तीन थान हुन्। घटनापछि सुरक्षा निकायलाई जानकारी गराई सेनाको बम डिस्पोजल टोली परिचालन गरिएको थियो।

सुरक्षाकर्मीको टोलीले ती ग्रिनेट सुरक्षित रूपमा निष्क्रिय (डिस्पोज) गरेको जनाएको छ। हाल घटनास्थल वरपरको क्षेत्र सुरक्षित गरिएको छ।

प्रहरी वृत्त गौशालाले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक रूपमा उक्त ग्रिनेट जेनजी प्रदर्शनको क्रममा ल्याएर फालिएको हुन सक्ने आशङ्का गरिएको छ।

यो समाचारमा

काठमाडौँ महानगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अवैध व्यापारिक गतिविधि गर्नेलाई सरकारको कडा चेतावनी, बजार अनुगमन तीव्र पारिने

    काठमाडौं । सरकारले बजारमा लेबल नभएका, न्यून गुणस्तरका, मिसावटयुक्त र चोरी पैठारी गरिएका सामान बिक्री गर्ने व्यवसायीलाई कडा कारबाहीको चेतावनी दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै गैरकानूनी व्यापारिक गतिविधिमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेको हो।भौतिक बजारका साथै

    Data is loading...

    Loading brands...

    Loading footer...