डेङ्गु सङ्क्रमण देखिएका १३ स्थानीय तहलाई सतर्कता अपनाउन सरकारको आग्रह

Author

सजिलो पत्रिका

२०८३ वैशाख २६, शनिबार

22
Share
Featured
  • सरकारले १३ स्थानीय तहलाई डेङ्गु सङ्क्रमण देखिएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
  • पुसयता करिब ६ सय जनामा डेङ्गु देखिएको र केही क्षेत्रमा बढी जोखिम रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
  • लामखुट्टे प्रजनन हुने स्थान सफा राख्न र सरसफाइमा ध्यान दिन स्वास्थ्य निकायले आग्रह गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले १३ स्थानीय तहलाई डेङ्गु सङ्क्रमणको जोखिम देखिएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाअन्तर्गत किटजन्य रोग शाखाले ती क्षेत्रमा संक्रमण देखिएको भन्दै सावधानी अपनाउन सम्बन्धित निकायलाई पत्राचार गरेको हो।

शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार पुसयता देशभरका स्थानीय तहमा डेङ्गुको अवस्था अध्ययन गरिँदै आएको छ। अध्ययन क्रममा केही स्थानीय तहमा फाटफुट रूपमा संक्रमण देखिए पनि १३ वटा स्थानीय तहमा बढी जोखिम देखिएको उनले बताए।

उनका अनुसार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, झापाका भद्रपुर, बिर्तामोड, मेचीनगर र कचनकवल गाउँपालिका, सुनसरीको धरान उपमहानगरपालिका, म्याग्दीको बेनी नगरपालिका, चितवनको भरतपुर महानगरपालिका, रुपन्देहीको बुटवल उपमहानगरपालिका, मकवानपुरको हेटौडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिकाललितपुर महानगरपालिका उच्च जोखिममा रहेका क्षेत्र हुन्।

पुसयता करिब ६ सय जनामा डेङ्गु संक्रमण देखिएको महाशाखाले जनाएको छ। डा. दाहालका अनुसार हालको मौसममा लामखुट्टे बढ्ने जोखिम कम रहेकाले तत्काल ठूलो संक्रमण फैलिने सम्भावना कम छ।

डेङ्गु ‘एडिस एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले सार्ने रोग हो। सफा पानी जम्ने ठाउँमा यी लामखुट्टेले फुल पार्ने र त्यसबाट लार्भा विकसित भई वयस्क भएपछि संक्रमण फैलाउने भएकाले सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ।

यो समाचारमा

सिद्धिचरण नगरपालिकाललितपुर महानगरपालिकाचितवनबेनी नगरपालिका
ओखलढुङ्गा18 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

    चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।  संस्थाले विसं २०७४

    Data is loading...

    Loading brands...

    Loading footer...