नागढुङ्गा–मुग्लिङ सडक विस्तार ठप्पप्रति कुलमान घिसिङको चिन्ता

Author

सजिलो पत्रिका

२०८३ वैशाख २६, शनिबार

17
Share
Featured

काठमाडौँ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नागढुङ्गा–नौबिसे–मुग्लिङ सडक विस्तार कार्य ठप्प भएकोप्रति चिन्ता व्यक्त गरेका छन्। काठमाडौँ उपत्यकालाई देशका अन्य भागसँग जोड्ने प्रमुख मार्गको काम रोकिँदा यात्रुहरू जोखिमपूर्ण र कष्टकर यात्रामा बाध्य भएको उनले बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै घिसिङले निर्माण सामग्रीको अभाव र मूल्यवृद्धिको कारण देखाएर काम रोक्नु चिन्ताजनक भएको टिप्पणी गरेका छन्। उनले यो सडक राजधानीको आपूर्ति व्यवस्था, अर्थतन्त्र र नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील पूर्वाधार भएको उल्लेख गरे।

घिसिङले वर्षायाम नजिकिँदै गर्दा सडक विस्तारको काम रोकिँदा दुर्घटना जोखिम, लामो जाम, आर्थिक क्षति र जनजीवनमा थप समस्या बढ्ने चेतावनी दिएका छन्। दैनिक करिब १५ हजार सवारी साधन आवतजावत गर्ने यो सडकमा ढिलाइ हुँदा समस्या अझ गम्भीर हुने उनको भनाइ छ।

उनले आफूले विगतमा जिम्मेवारी सम्हाल्दा आवश्यक समन्वय र पहलका कारण कामले गति लिएको स्मरण गर्दै हाल तत्काल निर्माण कार्य पुनः सुरु गर्नुपर्नेमा जोड दिएका छन्। साथै, निर्माण व्यवसायीका जायज माग सम्बोधन गर्दै कामलाई प्रभावकारी ढङ्गले अघि बढाउन सरकार र सम्बन्धित निकायलाई उनले आग्रह गरेका छन्।

यो समाचारमा

कुलमान घिसिङकाठमाडौँउज्यालो नेपाल पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...