वैदेशिक रोजगारीका विज्ञापन अब ‘श्रम संसार’ एपमा पनि अनिवार्य गर्ने व्यवस्था

Author

सजिलो पत्रिका

२०८३ वैशाख २६, शनिबार

28
Share
Featured
  • वैदेशिक रोजगार विभागले अब म्यानपावर कम्पनीका विज्ञापन राष्ट्रिय दैनिकसँगै ‘श्रम संसार’ एपमा पनि अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरेको छ।
  • यो निर्णय वैदेशिक रोजगार प्रक्रिया थप पारदर्शी, विश्वसनीय र प्रविधिमैत्री बनाउन तथा कामदारलाई ठगीबाट जोगाउन गरिएको हो।
  • नियम पालना नगर्ने कम्पनीलाई प्रचलित कानुनअनुसार कारबाही हुने विभागले चेतावनी दिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा कामदार पठाउने इजाजत प्राप्त म्यानपावर कम्पनीहरूका लागि नयाँ व्यवस्था लागू गरेको छ। अब वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन राष्ट्रिय दैनिक पत्रिकासँगै सरकारको आधिकारिक ‘श्रम संसार’ मोबाइल एपमा पनि अनिवार्य रूपमा प्रकाशन गर्नुपर्ने भएको छ।

विभागले वैशाख २५ गतेको निर्णयअनुसार यस्तो निर्देशन जारी गर्दै सबै इजाजत प्राप्त संस्थालाई सोहीअनुसार कार्यान्वयन गर्न आग्रह गरेको हो। वैदेशिक रोजगार नियमावली, २०६४ अनुसार पहिले राष्ट्रिय दैनिक पत्रिकामा कम्तीमा सात दिनको म्याद राखेर विज्ञापन प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको थियो।

अब सो व्यवस्थालाई थप पारदर्शी र व्यवस्थित बनाउन विज्ञापन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालन गरिएको ‘श्रम संसार’ एप (https://shramsansar.gov.np) मा पनि अनिवार्य रूपमा राख्नुपर्नेछ। विभागका अनुसार पत्रिकामा प्रकाशित सूचना जस्तै विवरण एपमा पनि सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको हो।

विभागले यस कदमले वैदेशिक रोजगारीमा जान इच्छुक कामदारलाई आधिकारिक सूचनामा सहज पहुँच हुने र छनोट प्रक्रिया अझ विश्वसनीय बन्ने विश्वास व्यक्त गरेको छ। साथै, वैदेशिक रोजगारी क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै ठगीबाट कामदारलाई जोगाउने उद्देश्य रहेको पनि जनाएको छ।

निर्देशन पालना नगर्ने म्यानपावर कम्पनीहरूलाई प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिइएको छ। विभागले आवश्यक जानकारीका लागि आफ्नो वेबसाइट, इमेल तथा सम्पर्क नम्बरहरू उपलब्ध रहेको जनाएको छ।

यो समाचारमा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...