नयाँ दरबन्दीमा विभेद गरिएको भन्दै स्वास्थ्यकर्मीद्वारा विरोध प्रदर्शन

Author

सजिलो पत्रिका

२०८३ वैशाख २६, शनिबार

10
Share
Featured

काठमाडौँ : नेपाल सरकारले स्वास्थ्य सेवातर्फ थपेको नयाँ दरबन्दीमा हेल्थ असिस्टेन्ट (एचए), सीएमए र ल्याब टेक्निसियन समूहलाई पूर्णतः उपेक्षा गरिएको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्।

सरकारले ३५ वर्षपछि स्वास्थ्य सेवामा स्थायी दरबन्दी थप गरे पनि आफूहरूलाई सहभागी नगराइएको भन्दै आक्रोशित स्वास्थ्यकर्मीहरूले जनकपुरधामको जनकचोकमा नेपाल सरकार तथा स्वास्थ्यमन्त्रीको पुत्ला जलाउँदै विरोध प्रदर्शन गरेका हुन्।

विरोध कार्यक्रममा बोल्दै स्वास्थ्यकर्मी नवेश अधिकारीले साढे तीन दशकपछि दरबन्दी थप हुनु खुशीको कुरा भए पनि एचए, सीएमए र ल्याब समूहको दरबन्दी शून्य राखिनु न्यायोचित नभएको बताए। उनले वर्तमान सरकारले मेडिकल माफियाको प्रभावमा परेर यस्तो विभेदकारी निर्णय गरेको आरोप लगाय।

अधिकारीले सरकारले तत्काल यो निर्णय नसच्याए र आफ्ना माग सम्बोधन नगरे वैशाख २८ गतेदेखि काठमाडौँमा सशक्त आन्दोलन गर्ने चेतावनी दिए।

सरकारले दुई दिनअघि मात्रै स्वास्थ्य क्षेत्रमा ९७७ जना नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञको दरबन्दी थप गर्ने प्रस्ताव गरेको थियो। उक्त प्रस्तावलाई अर्थ मन्त्रालयले गत बुधबार स्वीकृत गरिसकेको छ तर उक्त दरबन्दीमा केही निश्चित समूहलाई मात्र समेटिएपछि आधारभूत तहका स्वास्थ्यकर्मीहरू आफूहरूमाथि अन्याय भएको भन्दै सडकमा उत्रिएका हुन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

    चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।  संस्थाले विसं २०७४

    Data is loading...

    Loading brands...

    Loading footer...