राष्ट्रिय मुद्दामा सरकारलाई पूर्ण सहयोग गर्ने कांग्रेसको प्रतिबद्धता : गगन थापा

Author

सजिलो पत्रिका

२०८३ वैशाख २६, शनिबार

16
Share
Featured
  • नेपाली कांग्रेस सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो पार्टीको पूर्ण साथ र सहयोग रहने बताएका छन्।
  • उनले शासन, अर्थतन्त्र सुधार र राष्ट्रिय हितका विषयमा सहकार्य रहने तर लोकतन्त्रका आधारभूत मूल्यविपरीतका काम स्वीकार्य नहुने स्पष्ट पारे।
  • कार्यक्रममा कांग्रेस नेताहरूले पार्टीलाई नयाँ ढंगले सुदृढ, एकीकृत र ऊर्जाशील बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका सभापति गगन थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो पार्टीको पूर्ण साथ र सहयोग रहने बताएका छन्। पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा शनिबार धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय’ भेलालाई सम्बोधन गर्दै उनले शासन सुधार, अर्थतन्त्र सुदृढीकरण र राष्ट्रिय हितका विषयमा सरकारलाई कांग्रेसले निरन्तर सहयोग गर्ने स्पष्ट पारे।

थापाले राष्ट्रियताका सवालमा कांग्रेसले कहिल्यै दलगत दृष्टिकोण नअपनाएको उल्लेख गर्दै वर्तमान सरकारलाई पनि त्यही अनुसार सहयोग रहने बताए। तर, लोकतन्त्रका आधारभूत मूल्यविपरीत हुने कुनै पनि कार्य स्वीकार्य नहुने उनको भनाइ थियो। उनले लोकतन्त्रमा कानुनी वैधतासँगै नैतिक वैधतालाई पनि ध्यान दिनुपर्नेमा जोड दिए।

उनले विगतका राजनीतिक निर्णयहरूको उदाहरण दिँदै कांग्रेसले आवश्यक अवस्थामा शक्ति र सङ्ख्या भए पनि लोकतान्त्रिक मूल्यका पक्षमा उभिने गरेको दाबी गरे। साथै, उनले नेता–कार्यकर्तालाई पराजित मानसिकता त्यागेर जिम्मेवारीअनुसार पार्टी सुदृढीकरणमा लाग्न निर्देशन दिए। निर्वाचनमा असहयोग गर्ने कार्यकर्तालाई केही समय जिम्मेवारी बाहिर राखिने पनि उनले बताए।

कार्यक्रममा कांग्रेस उपसभापति एवं प्रशिक्षण प्रतिष्ठानका संयोजक विश्वप्रकाश शर्माले पार्टीलाई नयाँ ऊर्जा र सोचका साथ अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। त्यस्तै, महामन्त्री गुरुराज घिमिरेले संगठनलाई एकीकृत र सुदृढ बनाउँदै अवसरबाट वञ्चित भएका क्षमतावान् कार्यकर्तालाई उचित मूल्याङ्कन गरिने बताए।

यस्तै, कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री कमल बहादुर शाहले पार्टीलाई एकढिक्का बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले पार्टीका अग्रज नेताहरूको सम्मान र योगदानको उचित मूल्याङ्कन गर्न नेतृत्वलाई आग्रह पनि गरे।

यो समाचारमा

नेपाली काँग्रेसकमल बहादुर शाहधनगढीसुदूरपश्चिम प्रदेश
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...