न्यायलाई स्वार्थ संरक्षणको मुकुण्डो नबनाऔँ- सपना प्रधान मल्ल

Author

सजिलो पत्रिका

२०८३ वैशाख २६, शनिबार

16
Share
Featured
  • सपना प्रधान मल्ल ले संविधान, संविधानवाद र संवैधानिक नैतिकताभन्दा माथि कोही पनि हुन नसक्ने बताएकी छिन्।
  • कानुन दिवस कार्यक्रममा उनले न्यायपालिकाको स्वतन्त्रतामाथि हस्तक्षेप भइरहेको भन्दै ‘आज्ञाकारी न्यायपालिका’ बनाउने प्रयासप्रति चिन्ता व्यक्त गरिन्।
  • संवैधानिक प्रत्याभूतिलाई कमजोर बनाउने गतिविधि लोकतन्त्रका लागि घातक हुने भन्दै संविधान कार्यान्वयनका लागि उपयुक्त वातावरण आवश्यक रहेको उनले बताइन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधान, संविधानवाद र संवैधानिक नैतिकताभन्दा माथि कोही पनि हुन नसक्ने बताएकी छिन्। कानुन दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनका लागि उपयुक्त वातावरण बनाउनुको विकल्प नरहेकोमा जोड दिइन्।

सम्बोधनका क्रममा मल्लले न्यायपालिकाको स्वतन्त्रतामाथि भइरहेका हस्तक्षेपप्रति गम्भीर चिन्ता व्यक्त गरिन्। "कतै विधिको प्रयोगको बहानामा संवैधानिक सर्वोच्चता र न्यायको सार्वभौमसत्तालाई शिथिल बनाएर 'आज्ञाकारी न्यायपालिका' र कानुनी राज्यको असमान प्रयोगको जग बसाल्न त प्रयास भइरहेको छैन?" भन्दै उनले प्रश्न गरिन्।

उनले न्यायको अन्तिम गन्तव्यलाई बिर्सिएर न्यायलाई आफ्नै स्वार्थ संरक्षण गर्ने 'मुकुण्डो' बनाउने कुत्सित प्रयास भइरहेको हो कि भन्ने आशंका समेत व्यक्त गरिन्। संवैधानिक प्रत्याभूतिहरूलाई कमजोर बनाउने कुनै पनि गतिविधि लोकतन्त्रका लागि घातक हुने उनको भनाइ थियो।

यो समाचारमा

काठमाडौँसपना प्रधान मल्ल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...