देउवालाई टिकट नदिने निर्णयमा मुख्यमन्त्री शाहको प्रश्न- 'उहाँको स्थान अब कहाँ हुन्छ ?'

Author

सजिलो पत्रिका

२०८३ वैशाख २६, शनिबार

16
Share
Featured
  • कमल बहादुर शाह ले गगन कुमार थापा लाई पार्टीभित्रका ‘भाइरस’बाट सावधान रहन आग्रह गरेका छन्।
  • उनले शेरबहादुर देउवा लाई आगामी निर्वाचनमा टिकट नदिने निर्णयप्रति प्रश्न उठाउँदै नेतृत्वको योगदानको सम्मान हुनुपर्ने बताएका छन्।
  • सरकार परिवर्तनको चर्चा र समानुपातिक सांसद फिर्ता बोलाउने प्रयासले पार्टी एकतामा असर पर्ने भन्दै शाहले गगन थापालाई आन्तरिक व्यवस्थापनमा गम्भीर हुन सुझाव दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली काँग्रेसका सभापति गगन थापालाई पार्टीभित्रका 'भाइरस'हरूबाट सावधान रहन चेतावनी दिएका छन्। 'जरा अभियान' कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले थापालाई आगामी १० वर्षसम्म कांग्रेसको नेतृत्व सम्हाल्न सुझाव दिँदै कार्यसमितिभित्रै रहेका केही तत्वले पार्टीलाई कमजोर बनाउन खोजेको आरोप लगाए।

सम्बोधनका क्रममा शाहले पूर्वसभापति शेर बहादुर देउबालाई आगामी निर्वाचनमा टिकटबाट वञ्चित गर्ने निर्णयप्रति प्रश्न उठाए। "देउवालाई टिकट किन दिइएन र उहाँको स्थान अब कहाँ हुन्छ? नेतृत्वको योगदानको मूल्याङ्कन हुनुपर्छ," उनले भने। साथै, उनले २३ र २४ गते देउवा दम्पतीमाथि भएको आक्रमणको विषयमा पनि पार्टीको स्पष्ट धारणा माग गरे।

मुख्यमन्त्री शाहले धनगढीमा सभापति आउँदा विकासभन्दा सरकार परिवर्तनको चर्चा बढी भएकोमा असन्तुष्टि व्यक्त गरे। समानुपातिक सांसदहरूलाई फिर्ता बोलाएर सरकार परिवर्तन गर्न खोज्ने प्रयासप्रति आपत्ति जनाउँदै उनले यस्ता गतिविधिले पार्टी एकतामा खलल पुर्‍याउने बताए। उनले गगन थापालाई भविष्यको नेतृत्वका रूपमा स्वीकार गरे पनि पार्टीभित्रको आन्तरिक व्यवस्थापनमा गम्भीर हुन आग्रह गरे।

यो समाचारमा

शेर बहादुर देउबागगन थापाकाठमाडौँसुदूरपश्चिम प्रदेश
कमल बहादुर शाह5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...