एउटा स्मार्ट लाइसेन्स छाप्न १९५.१७ रुपैयाँ लाग्ने

Author

सजिलो पत्रिका

२०८३ वैशाख २५, शुक्रबार

197
Share
Featured

काठमाडौँ- एउटा स्मार्ट ड्राइभिङ लाइसेन्स कार्ड छाप्न करिब रु १९५.१७ खर्च लाग्ने भएको छ । यही दरअनुसार सरकारले असार मसान्तसम्म १७ लाख स्मार्ट लाइसेन्स छाप्न करिब रु ३३ करोड १८ लाख खर्च गर्ने भएको हो ।

यातायात व्यवस्था विभागसँग भएको सम्झौताअनुसार सुरक्षण मुद्रण केन्द्रले स्मार्ट लाइसेन्स छपाइको दोस्रो चरण सुरु गरिसकेको जनाएको छ । यस चरणमा क्यूआर कोडसहितका आधुनिक लाइसेन्स कार्ड छापिने व्यवस्था गरिएको छ ।

हालसम्म दोस्रो चरणअन्तर्गत २२ हजारभन्दा बढी लाइसेन्स छापिसकिएको बताइएको छ । विभागले विशेषगरी दैनिक सेवा तथा अत्यावश्यक आवेदनलाई प्राथमिकतामा राखेर लाइसेन्स वितरण प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ ।

लामो समयदेखि लाइसेन्स कार्ड छपाइमा देखिएको ढिलाइ घटाउन सरकारले ठूलो संख्यामा स्मार्ट लाइसेन्स छपाइ प्रक्रिया तीव्र बनाएको अधिकारीहरूको भनाइ छ ।

यो समाचारमा

यातायात व्यवस्था विभागकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...