नेपाल लाइफ इन्स्योरेन्सको वार्षिकोत्सवमा नि:शुल्क स्वास्थ्य शिविर र रक्तदान

Author

सजिलो पत्रिका

२०८३ वैशाख २५, शुक्रबार

14
Share
Featured

काठमाडौँ : नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५ वार्षिकोत्सवको अवसर पारेर नि:शुल्क स्वास्थ्य शिविर एवं देशैभर बृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

वैशाख २१ र २२ गते कम्पनीले आफ्नो प्रधान कार्यालयको प्राङ्गणमा नि:शुल्क स्वास्थ्य सिविर सञ्चालन गरेको थियो। स्वास्थ्य परीक्षण सेवामार्फत प्रदान गरिएको थियो। सिविरमा इसिजी, थाइराइड, सुगर, प्रेसर, एसजीपीटी, कोलस्ट्रोल, यूरिक एसिड लगायतका निस्शुल्क चेकजाँच तथा बिज्ञ डाक्टरहरुबाट नि: शुल्क परामर्श सुविधा प्रदान गरिएको थियो।

दुईदिने शिविरबाट कुल ६०१ जनाले प्रत्यक्ष लाभ लिएका छन्। यससँगै कम्पनीले देशभरका ७ वटै प्रदेशका १३ स्थानमा बृहत् रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ।

कार्यक्रममार्फत कोशी प्रदेशको इटहरीमा ३०, मधेश प्रदेशको वीरगञ्जमा २५, जनकपुरमा २५, बागमती प्रदेशको काठमाडौँमा ७८, नारायणगढमा ८१, नुवाकोटमा ३९, हेटौँडामा २६, बनेपामा ३२, गण्डकी प्रदेशको पोखरामा ५५, लुम्बिनी प्रदेशको बुटवलमा ३३, भैरहवामा ३४, कर्णाली प्रदेशको सुर्खेतमा २५ र सुदूरपश्चिम प्रदेशको धनगढीमा ३३ गरी कुल ५०५ पिन्ट रगत संकलन गरिएको छ।

यो समाचारमा

नेपालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

    चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।  संस्थाले विसं २०७४

    Data is loading...

    Loading brands...

    Loading footer...