फरार भारतीय कैदी पक्राउ

Author

सजिलो पत्रिका

२०८३ वैशाख २५, शुक्रबार

13
Share
Featured

चितवन, २५ वैशाखः कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतीय नागिरक रहेका छन् ।

यस कारागारमा रहेका ११ जना भारतीय नागरिक भागेका थिए । उनलाई वीरगञ्जबाट पक्राउ गरी ल्याइएको हो । कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार लागुऔषध मुद्दामा कैद सजाय भोगिरहेकी ७० वर्षीया रुवेदा खातुन भनिने सुशीला देवीलाई पक्राउ गरी ल्याइएको हो । जेनजी प्रदर्शनका क्रममा कारागारबाट गत भदौ २५ गते चार जना नाबालकसहित ७४३ जना कैदीबन्दी भागेका थिए । तीमध्ये अहिलेसम्म ६४० जना कैदीबन्दी फर्किएका छन् । अझै १०३ जना फर्कन बाँकी रहेको उहाँले बताउनुभयो ।

अहिले सम्पर्कविहीन भएकामा धेरै लागुऔषध र जबर्जस्ती करणीका रहेको उहाँले जानकारी दिनुभयो । फरार भएकामध्ये दुर्लभ एकसिँगे गैँडा चोरी सिकारीसमेत रहेका छन् । कारागार कार्यालयले असोज २० गतेसम्म कारागार कार्यालयको सम्पर्कमा आउनका लागि सूचना जारी गरेको थियो । कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको छ । फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाई कसुरदार ठानी कारबाही गरिने उहाँले बताउनुभयो ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...