घुम्ती शिविरबाट तीन हजारभन्दा बढी लाभान्वित

Author

सजिलो पत्रिका

२०८३ वैशाख २५, शुक्रबार

24
Share
Featured

फुङ्लिङ (ताप्लेजुङ), २५ वैशाखः मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको चारदिने एकीकृत घुम्ती शिविरबाट तीन हजार ३७५ जना सेवाग्राही लाभान्वित भएका छन् । शिविर गाउँपालिकाका छवटै वडामा सञ्चालन भएको थियो । बिहीबार वडा नं ५ मा सम्पन्न घुम्ती सेवामार्फत ८३० जना सेवाग्राहीले सेवा लिएका थिए ।

त्यसअघि वडा नं १ मा ८८३ जना, वडा नं २ ढुङ्गेसाँघुमा ८३८ जना तथा वडा नं ६ फाकुम्बामा ८२४ जनाले सेवा लिएका गाउँपालिकाका प्रशासन अधिकृत स्मीका याक्खाले जानकारी दिनुभयो । शिविरमा प्रशासन, स्वास्थ्य, पञ्जीकरण, कृषि विकास, पशुसेवा, योजना तथा पूर्वाधार, नक्सापास, उद्यम विकास तथा सूचना–सञ्चारलगायत १३ वटा शाखामार्फत सेवा प्रवाह गरिएको थियो ।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...