सरकारी बैंकका अध्यक्ष र सञ्चालकहरूले धमाधम राजीनामा दिए

Author

सजिलो पत्रिका

२०८३ वैशाख २४, बिहिबार

18
Share
Featured

काठमाडौँ

सरकारी स्वामित्वका बैंकहरूमा सरकारको तर्फबाट नियुक्त भएका अध्यक्ष तथा सञ्चालकहरूले धमाधम राजीनामा दिएका छन्। राष्ट्रिय वाणिज्य बैंककृषि विकास बैंक लिमिटेडका सञ्चालक समितिका पदाधिकारीहरूले राजीनामा दिएका हुन्।

राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक देवकुमार ढकालले बुधबार नै राजीनामा बुझाएको पुष्टि गरेका छन्। उनले सरकारलाई सहयोग पुग्ने उद्देश्यले राजीनामा दिएको बताएका छन्। सोही दिन अन्य सञ्चालकहरूले पनि राजीनामा दिएका थिए।

त्यस्तै, कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेलसहित सरकारको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरूले समेत राजीनामा बुझाएका छन्। बैंकका कम्पनी सचिवका अनुसार सबैले बुधबार नै पदत्याग गरेका हुन्।

साधारण सेयरधनी र स्वतन्त्र सञ्चालकहरू भने पदमा यथावत रहेका छन्। यद्यपि नेपाल बैंकका सञ्चालकहरूको राजीनामा भने अझै आइसकेको छैन, तर उनीहरूले पनि राजीनामा दिने तयारी गरेको बताइएको छ।

यो समाचारमा

काठमाडौँकृषि विकास बैंक लिमिटेडराष्ट्रिय वाणिज्य बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले बैंक तथा वित्तीय संस्थाका पदाधिकारीमाथि हुने कारबाही र उनीहरूको भविष्यको योग्यताका विषयमा ऐनमै स्पष्ट व्यवस्था हुनुपर्ने माग गरेका छन्। आइतबार प्रतिनिधि सभाको अर्थ समितिमा 'नेपाल राष्ट्र बैंक ऐन, २०५८' को संशोधन विधेयकमाथिको छलफलमा उनले यस्तो धारणा राखेका हुन्।रावलले प्रस्तावित विधेयकको दफा

    Data is loading...

    Loading brands...

    Loading footer...