प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा विश्वप्रकाशको आलोचना, सरकारलाई लोकतान्त्रिक अभ्यासको प्रश्न

Author

सजिलो पत्रिका

२०८३ वैशाख २४, बिहिबार

19
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियाबारे सरकार र सत्ता साझेदार दलहरूमाथि गम्भीर प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जालमार्फत सरकारको भनाइ र व्यवहारबीच तालमेल नमिलेको आरोप लगाएका हुन्।

शर्माले “विगतका गल्ती सच्याउने” भनाइ भए पनि व्यवहारमा लोकतान्त्रिक अभ्यासभन्दा फरक बाटो अपनाइएको टिप्पणी गर्दै सरकारलाई उत्तर कोरियासँग तुलना गरेका छन्। उनले संवैधानिक परिषद्को निर्णय प्रक्रियाबारे पनि प्रश्न उठाउँदै लोकतान्त्रिक मान्यता र सर्वोच्च अदालतको नजिरको पालना गर्नुपर्ने बताएका छन्।

उनका अनुसार ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनाको निर्णयलाई बहुमत मान्न नहुने तर्क गर्दै उनले बहुसंख्या नै बहुमत हुनुपर्नेमा जोड दिएका छन्। साथै उनले सर्वोच्च अदालतको विगतको व्याख्या र संवैधानिक प्रावधानहरूको स्मरण गराउँदै कानुनी प्रक्रिया पालना गर्न आग्रह गरेका छन्।

यसैबीच संवैधानिक परिषद्सम्बन्धी अध्यादेशअनुसार बैठक सञ्चालन र निर्णय प्रक्रियामा नयाँ व्यवस्था गरिएको छ, जसमा गणपूरक संख्या र बहुमतको परिभाषा परिवर्तन गरिएको उल्लेख छ।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँविश्वप्रकाश शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...