नेप्से परिसूचकमा सामान्य सुधार, कारोबार रकम झन्डै तीन अर्ब रुपैयाँ पुगे्यो

Author

सजिलो पत्रिका

२०८३ वैशाख २४, बिहिबार

24
Share
Featured

काठमाडौँ

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बिहीबार सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ६ दशमलव ९४ अङ्कले बढेर दुई हजार ७१८ दशमलव १६ बिन्दुमा पुगेको हो।

आज ३३४ कम्पनीका ६६ लाख ८४ हजारभन्दा बढी कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम रु दुई अर्ब ९३ करोडभन्दा बढी पुगेको नेप्सेले जनाएको छ।

कारोबारमा बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जीवन बिमा, लघुवित्त, व्यापार र अन्य समूहका उपसूचक बढेका छन्। यद्यपि वित्त, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड र निर्जीवन बिमा समूहमा भने गिरावट देखिएको छ।

आजको कारोबारमा सबैभन्दा बढी एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु १७ करोड ६८ लाखभन्दा बढीको शेयर कारोबार भएको छ। कारोबार भएको शेयर सङ्ख्याका आधारमा भने नेसनल हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै शेयर किनबेच भएको नेप्सेले जनाएको छ।

यो समाचारमा

नेपाल स्टक एक्सचेन्जकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    १० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने सेबोनको लक्ष्य

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको, प्रविधिमैत्री र विविध वित्तीय उपकरणयुक्त बनाउने लक्ष्यसहित ‘नेपालको पुँजी बजार विकास मार्गचित्र–२०८३’ सार्वजनिक गरेको छ।मंगलबार सार्वजनिक गरिएको १२४ पृष्ठको मार्गचित्रले पुँजी बजारलाई बैंकिङ प्रणालीको पूरक मात्र नभई नेपालको आर्थिक विकासको दोस्रो प्रमुख स्तम्भका रूपमा स्थापित

    Data is loading...

    Loading brands...

    Loading footer...