काठमाडौँ भृकुटीमण्डपमा साउथ एसिया ट्रेड फेयर सुरु

Author

सजिलो पत्रिका

२०८३ वैशाख २४, बिहिबार

18
Share
Featured

काठमाडौँ

दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवा अवसरलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित काठमाडौँमा साउथ एसिया ट्रेड फेयर सुरु भएको छ। प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको मेला वैशाख २८ गतेसम्म सञ्चालन हुने आयोजक इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिले जनाएको छ।

मेलामा भारत, बंगलादेश, नेपाल, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलंकामाल्दिभ्सलगायत देशका करिब १५० भन्दा बढी प्रदर्शकहरूको सहभागिता रहेको छ। आयोजकका अनुसार प्रदर्शनीले निकासीयोग्य वस्तुको प्रवर्द्धन र व्यापारिक सहकार्यलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।

मेलामा कपडा, रेडिमेड सामग्री, सौन्दर्य सामग्री, हस्तकला, सवारी साधन तथा पार्टपुर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि र घरेलु उपकरणलगायतका विभिन्न वस्तु तथा सेवाका स्टलहरू राखिएका छन्।

यो समाचारमा

माल्दिभ्सनेपालअफगानिस्तानपाकिस्तान
बंगलादेश8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...