देउवाविरुद्ध रेड कर्नर नोटिस प्रक्रिया अघि बढ्यो, इन्टरपोलको जवाफ पर्खाइमा

Author

सजिलो पत्रिका

२०८३ वैशाख २३, बुधबार

21
Share1
Featured

काठमाडौँ

नेपाली काँग्रेसका पूर्वसभापति शेर बहादुर देउबाविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा पक्राउ पुर्जी (रेड कर्नर नोटिस) जारी गर्न नेपाल प्रहरीले प्रक्रिया अघि बढाएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि इन्टरपोलमार्फत प्रक्रिया अगाडि बढाइएको हो।

नेपाल प्रहरीको इन्टरपोल शाखा (एनसीबी नेपाल) ले इन्टरपोल मुख्यालयलाई आवश्यक कागजातसहित पत्राचार गरिसकेको छ। तर पत्राचार गरिएको लामो समय बितिसक्दा पनि मुख्यालयबाट अहिलेसम्म कुनै आधिकारिक जवाफ प्राप्त नभएको बताइएको छ।

प्रहरी स्रोतका अनुसार रेड कर्नर नोटिस जारी भएको छ वा छैन भन्ने विषयमा इन्टरपोलको जवाफ नआएकाले अहिले अन्योल कायम रहेको छ। देउवालाई नेपाल ल्याउने प्रक्रिया पनि इन्टरपोलको निर्णयमा निर्भर रहने जनाइएको छ।

देउवा हाल हङकङमा रहेको बताइएको छ। उनी चुनावअघि नै पत्नी सहित सुरुमा सिंगापुर र त्यसपछि हङकङ गएका थिए।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँशेर बहादुर देउबा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...