ट्राफिक कारबाहीबाट २४ घण्टामा ६ लाख ४१ हजार राजस्व संकलन

Author

सजिलो पत्रिका

२०८३ वैशाख २३, बुधबार

24
Share
Featured

काठमाडौँ

पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार २१८ सवारी चालकलाई कारबाही गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीबाट राज्यकोषमा रु छ लाख ४१ हजार राजस्व संकलन भएको छ।

कारबाहीमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ८६ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १७० जना, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १४८ जना र तीव्र गतिमा सवारी चलाउने १३९ जना परेका छन्।

यसैगरी लेन अनुशासन उल्लङ्घन गर्ने ९४ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०८ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने १३८ जना र एकतर्फी सडकमा सवारी चलाउने ११० जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १२५ जनालाई समेत कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...