पर्यटकवाहक सवारी साधनका लागि अनलाइन दर्ता प्रणाली सुरु, क्यूआर कोडमार्फत नेपाल प्रवेश गर्न सकिने

Author

सजिलो पत्रिका

२०८३ वैशाख २२, मङ्गलबार

16
Share
Featured
  • स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधनका लागि भन्सार विभागले अनलाइन दर्ता र राजस्व भुक्तानी प्रणाली सुरु गरेको छ।
  • अब पर्यटकले घरबाटै विवरण भरेर शुल्क तिर्न सक्ने र क्यूआर कोडमार्फत नेपाल प्रवेश गर्न सक्ने व्यवस्था गरिएको छ।
  • नयाँ प्रणालीले सीमा नाकामा हुने झन्झट हटाउँदै प्रक्रिया छरितो, पारदर्शी र सहज बनाउने लक्ष्य राखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकवाहक सवारी साधनका लागि सरकारले अनलाइन दर्ता प्रणाली सुरु गरेको छ। भन्सार विभागले विकास गरेको यो प्रणालीमार्फत अब पर्यटकले आफ्नो सवारी विवरण भर्न र राजस्व तिर्न अनलाइन सेवा प्रयोग गर्न सक्ने भएका छन्।

अर्थ मन्त्रालय मातहतको भन्सार विभागले भारतीय पर्यटक तथा भारत भएर नेपाल आउने अन्य देशका पर्यटकलाई लक्षित गर्दै यो सेवा सञ्चालनमा ल्याएको हो। अर्थमन्त्री स्वर्णिम वाग्लेले एक कार्यक्रमबीच उक्त प्रणालीको शुभारम्भ गरेका हुन्।

नयाँ प्रणाली लागू भएसँगै अब नेपाल प्रवेश गर्ने पर्यटकहरूले भन्सार नाकामा पुगेर अस्थायी इजाजत लिनुपर्ने वा नवीकरणका लागि पुनः नाकामा जानुपर्ने झन्झट हटेको छ। उनीहरूले घरमै बसेर अनलाइनमार्फत सवारी विवरण भर्न, शुल्क तिर्न र इजाजत प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

अर्थमन्त्री वाग्लेले यो प्रणालीले सीमा क्षेत्रमा पर्यटकले भोग्दै आएको सास्ती अन्त्य गर्ने बताए। उनले सरकारले सुशासन र छरितो सार्वजनिक सेवा दिने प्रतिबद्धता अनुसार यो सेवा सुरु गरिएको उल्लेख गरे।

भन्सार विभागका महानिर्देशक श्याम प्रसाद मैनालीका अनुसार अब विदेशी सवारी साधनका सबै विवरण अनलाइनमार्फत स्वघोषणा गर्न सकिनेछ। अनलाइनबाट शुल्क तिरेपछि प्राप्त हुने क्यूआर कोड देखाएर नेपाल प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ।

विभागले यात्राको अवधि सकिएपछि पनि अनलाइनमार्फत नै अवधि थप गर्न सकिने सुविधा रहेको जनाएको छ। साथै, भन्सार विभागको वेबसाइटमार्फत विवरण भरेर अन्तिममा प्राप्त हुने क्यूआर कोडका आधारमा सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिने व्यवस्था गरिएको छ।

यो प्रणाली हालका लागि भारत, बंगलादेश तथा अन्य तेस्रो मुलुकका पर्यटक सवारी साधनमा लागू गरिएको छ। भन्सार विभागले यसले नेपाल प्रवेश प्रक्रिया सहज, पारदर्शी र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

यो समाचारमा

काठमाडौँअर्थ मन्त्रालयभारतस्वर्णिम वाग्ले
बंगलादेश4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...