हर्क साम्पाङको माग : नक्कली सुकुम्बासी पहिचान गरी कारबाही गर्न आग्रह

Author

सजिलो पत्रिका

२०८३ वैशाख २१, सोमबार

15
Share
Featured

काठमाडौँ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले नक्कली सुकुम्बासीको पहिचान गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्। सोमबार थापाथलीस्थित हालै भत्काइएको सुकुम्बासी बस्ती अवलोकनपछि उनले यस्तो धारणा राखेका हुन्।

साम्पाङले नक्कली सुकुम्बासीका कारण वास्तविक भूमिहीन तथा गरिब परिवारहरू समस्यामा परेको भन्दै उनीहरूलाई पहिचान गरेर कानुनी कारबाही गर्नुपर्ने बताए। साथै, सरकारी जग्गा अतिक्रमण गरी भाडामा लगाउने वा दुरुपयोग गर्नेहरूलाई पनि कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनको भनाइ छ।

उनले बस्ती भत्काउनुअघि वास्तविक सुकुम्बासीको पहिचान नगरी एक्कासि डोजर चलाउँदा वास्तविक पीडितहरू थप समस्यामा परेको उल्लेख गरे। गरिब तथा भूमिहीन नागरिकलाई विस्थापित गर्नुको सट्टा उनीहरूको सुरक्षित व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए।

साम्पाङले नागरिकको अधिकारलाई ध्यानमा राख्दै सरकारले आगामी दिनमा उपयुक्त र मानवीय कदम चाल्नुपर्ने सुझाव समेत दिएका छन्।

यो समाचारमा

श्रम संस्कृति पार्टीकाठमाडौँहर्कराज साम्पाङ राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...