आईजी पौडेलको प्रतिबद्धता : दृढ सङ्कल्पका साथ जिम्मेवारी निर्वाह गर्ने घोषणा

Author

सजिलो पत्रिका

२०८३ वैशाख २१, सोमबार

13
Share
Featured

काठमाडौँ

सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक (आईजी) नारायणदत्त पौडेलले दृढ सङ्कल्पका साथ जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह ग्रहण गरेपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।

गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिन्ह लगाइदिएका थिए। त्यस अवसरमा पौडेलले सशस्त्र प्रहरी महानिरीक्षकको पद केवल औपचारिक जिम्मेवारी मात्र नभई राष्ट्रिय सुरक्षा, सीमा सुरक्षा, शान्ति, सुशासन तथा नागरिकको जीउधन सुरक्षासँग जोडिएको महत्वपूर्ण दायित्व भएको बताए।

उनले स्वतन्त्रताको संरक्षण, विपद् व्यवस्थापन र सरकारबाट प्राप्त जिम्मेवारीहरूको प्रभावकारी कार्यान्वयन आफ्नो प्रमुख प्राथमिकता हुने उल्लेख गरे। साथै, उनले संगठनलाई जनभावनाअनुसार जिम्मेवार बनाउने लक्ष्य रहेको बताए।

आईजी पौडेलले आफ्नो कार्यकालमा सीमा सुरक्षालाई सुदृढ बनाउने, संस्थागत तथा संरचनागत सुधार गर्ने र रणनीतिक कार्ययोजना लागू गर्ने प्रतिबद्धता जनाए। उनले सरकार र गृह मन्त्रालयको सहयोगमा उक्त योजना प्रभावकारी रूपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरे।

त्यसैगरी, उनले मानव संसाधन विकास, आधुनिक प्रविधिको प्रयोग, सुशासन प्रवर्द्धन तथा नतिजामुखी कार्यशैलीमार्फत सशस्त्र प्रहरी बललाई अझ सुदृढ बनाउने बताए। संगठन व्यक्ति होइन, नीति र प्रणालीले चल्ने उनको भनाइ थियो।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...