बुटवलमा घरघरबाट फोहोर वर्गीकरण अभियान सुरु, फोहोरलाई स्रोतमा रूपान्तरण गर्ने लक्ष्य

Author

सजिलो पत्रिका

२०८३ वैशाख २०, आइतबार

12
Share
Featured
  • बुटवल उपमहानगरपालिकाले वडा नं ७ र ८ मा घरदैलोमार्फत फोहोर वर्गीकरण अभियान सुरु गरेको छ।
  • घरमै कुहिने, नकुहिने र पुनः प्रयोग गर्न मिल्ने फोहोर छुट्याउने अभ्यासलाई प्रोत्साहन गर्दै जनचेतना फैलाइँदैछ।
  • वर्गीकृत फोहोरलाई प्रशोधन केन्द्रमा लगेर मल र इँटा उत्पादन गर्ने तथा फोहोरलाई स्रोतमा रूपान्तरण गर्ने योजना छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बुटवल उपमहानगरपालिकाले फोहोर व्यवस्थापनलाई आधुनिक, व्यवस्थित र दिगो बनाउने उद्देश्यसहित वडा नम्बर ७ र ८ मा घरदैलो अभियान सुरु गरेको छ। संयुक्त राष्ट्र विकास कार्यक्रमको सहयोग तथा फोहोर सरसफाइ सहकारी संस्थाको आयोजनामा घरघरमै पुगेर फोहोर वर्गीकरणसम्बन्धी जनचेतना फैलाउने काम भइरहेको छ।

अभियानअन्तर्गत घरमै कुहिने, नकुहिने र पुनः प्रयोग गर्न सकिने फोहोर छुट्याउने अभ्यासलाई प्रोत्साहन गरिएको छ। प्लास्टिकका झोला, पानीका बोतल तथा सेनेटरी प्याडजस्ता वस्तुहरू लामो समयसम्म नगल्ने भएकाले यस्ता फोहोरको उचित व्यवस्थापन आवश्यक रहेको जानकारी पनि नागरिकलाई दिइएको छ।

बुटवल–७ मा रहेको फोहोर प्रशोधन केन्द्रमा जैविक फोहोरबाट मल उत्पादन गर्ने र प्लास्टिकजन्य फोहोरबाट इँटा बनाउने प्रविधि यसअघि नै सञ्चालनमा ल्याइएको छ। अब घरमै छुट्याइएको फोहोरलाई समेत उक्त केन्द्रमा लगेर प्रशोधन गरिने उपमहानगरपालिकाले जनाएको छ।

नगर प्रमुख खेलराज पाण्डेले घरबाटै फोहोर छुट्याउने बानी विकास गर्न सके फोहोरलाई स्रोतमा रूपान्तरण गर्न सकिने बताए। उनले फोहोरबाट मल, इँटा तथा अन्य उपयोगी सामग्री उत्पादन गर्न सकिने भएकाले नागरिक सचेतना अत्यावश्यक रहेको उल्लेख गरे।

उनले जथाभावी फोहोर फाल्ने प्रवृत्ति अन्त्य गर्दै घरबाटै फोहोर वर्गीकरण गर्ने अभ्यासलाई व्यापक बनाउन सबै नागरिकलाई अभियानमा सहभागी हुन आग्रह गरेका छन्।

यो समाचारमा

काठमाडौँबुटवल उपमहानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...