अमेरिकाबाट फर्किएको चोरी भएको प्रस्तर बुद्ध मूर्ति आफ्नै मूल स्थानमा पुनःस्थापित

Author

सजिलो पत्रिका

२०८३ वैशाख १९, शनिबार

13
Share
Featured
  • चोरी गरी अमेरिका पुर्‍याइएको ऐतिहासिक प्रस्तर बुद्ध मूर्ति पुरातत्त्व विभाग र अभियन्ताहरूको पहलमा नेपाल फिर्ता ल्याई संरक्षणपछि मूल स्थानमा पुनःस्थापित गरियो।
  • मूर्ति राष्ट्रिय सङ्ग्रहालयमा राखिएपछि कानुनी प्रक्रिया पूरा गरी गुठीयारलाई हस्तान्तरण गरेर न्हुछे बहा विहारमा पुनःस्थापना गरियो।
  • स्थानीय सरकार, समुदाय र सरोकारवालाको सहभागितामा बाजागाजासहित उत्सवपूर्ण रूपमा मूर्ति आफ्नो आसनमा फर्काइयो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चोरी गरी संयुक्त राज्य अमेरिकासम्म पुर्‍याइएको एक ऐतिहासिक प्रस्तर बुद्ध मूर्ति पुनः नेपाल ल्याई आफ्नो मूल स्थानमै पुनःस्थापित गरिएको छ। काठमाडौँ महानगरपालिका वडा नं. २३ जोरगणेशस्थित न्हुछे बहा (बज्रधातु विहार) बाट हराएको उक्त मूर्ति विभिन्न कानुनी तथा कूटनीतिक प्रक्रियामार्फत फिर्ता ल्याएर अन्ततः आफ्नै आसनमा राखिएको हो।

पुरातत्त्व विभाग र सम्पदा अभियन्ताहरूको सक्रिय पहलमा मूर्ति संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित टिबेट हाउस कलेक्सनबाट वि.सं. २०७८ फागुन १८ गते नेपाल फिर्ता ल्याइएको थियो। त्यसपछि मूर्तिलाई संरक्षणका लागि राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा राखिएको थियो।

वैशाख १७ गते काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जन, पुरातत्त्व विभागका प्रतिनिधि, गुठीयार तथा सम्पदा अभियन्ताहरूको उपस्थितिमा मूर्ति औपचारिक रूपमा सम्बन्धित गुठियारलाई हस्तान्तरण गरिएको थियो। प्राचीन स्मारक संरक्षण ऐनअनुसार कानुनी प्रक्रिया पूरा गरी मूर्तिको संरक्षण जिम्मेवारी गुठीयारलाई दिइएको हो।

त्यसपछि मूर्तिलाई हनुमानढोका दरबार क्षेत्रमा राखी बुद्ध जयन्तीको अवसर पारेर वैशाख १८ गते बाजागाजासहित शोभायात्राका बीच न्हुछे बहा विहारमा पुनःस्थापित गरिएको थियो। स्थानीय समुदाय, जनप्रतिनिधि तथा सम्पदा अभियन्ताहरूको उत्साहपूर्ण सहभागितामा मूर्ति आफ्नै मूल आसनमा फर्काइएको हो।

यस अवसरमा कार्यवाहक प्रमुख डङ्गोलले सम्पदाहरू केवल ऐतिहासिक वस्तु नभई समुदायको जीवन र सांस्कृतिक पहिचानसँग गहिरो रूपमा जोडिएको बताइन्। वडा अध्यक्ष महर्जनले मूर्ति पुनःस्थापनाले वडाको सांस्कृतिक पहिचान थप सुदृढ बनाएको उल्लेख गरे। पुरातत्त्व विभाग र अभियन्ताहरूले विदेश लगिएका सम्पदाहरू फिर्ता ल्याउने अभियान अझ सशक्त बन्दै गएको बताएका छन्।

यो घटना काठमाडौँ महानगरभित्र चोरी भएका सम्पदाहरू पुनःस्थापना गरिएको तेस्रो उदाहरण हो। यसअघि कुमारी घरको तोरण तथा गःगुठि सूर्यमुखी महादेव मन्दिर परिसरको महागौरी/पार्वती मूर्ति पनि मूल स्थानमै पुनःस्थापित भइसकेका छन्।

यो समाचारमा

सुनिता डंगोलसंयुक्त राज्य अमेरिकाकाठमाडौँ महानगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...