नेपाललाई ‘वेलनेस टुरिज्म’ हब बनाउने सरकारी पाँचवर्षे कार्ययोजना सार्वजनिक

Author

सजिलो पत्रिका

२०८३ वैशाख १९, शनिबार

15
Share
Featured
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाललाई विश्वस्तरीय ‘वेलनेस टुरिज्म’ गन्तव्य बनाउने लक्ष्यसहित सन् २०२६–२०३५ रणनीति र ५ वर्षे कार्ययोजना ल्यायो।
  • सन् २०३० सम्म कुल पर्यटकमध्ये ११% आरोग्य सेवाका लागि आकर्षित गर्ने लक्ष्य, लुम्बिनी, पोखरा, नगरकोट, मुस्ताङजस्ता क्षेत्रलाई विशेष आरोग्य केन्द्रका रूपमा विकास गर्ने योजना।
  • गुणस्तर मापदण्ड, अन्तर्राष्ट्रिय ब्रान्डिङ, दक्ष जनशक्ति विकास र ‘नेपाल आरोग्य पर्यटन विकास कोष’ स्थापना मार्फत लगानी र सेवा विस्तारमा जोड।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
ले ‘वेलनेस टुरिज्म’ अर्थात् आरोग्य पर्यटन प्रवर्द्धनका लागि पाँच वर्षे कार्ययोजना सार्वजनिक गरेको छ। प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र आध्यात्मिक परम्परालाई विश्वस्तरमा स्थापित गर्ने उद्देश्यसहित मन्त्रालयले राष्ट्रिय आरोग्य पर्यटन रणनीति (सन् २०२६–२०३५) ल्याएको हो। यसमार्फत नेपाललाई विश्वकै प्रमुख आरोग्य पर्यटन गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखिएको छ।

सरकारले सन् २०३० सम्म नेपाल आउने कुल अन्तर्राष्ट्रिय पर्यटकमध्ये ११ प्रतिशतलाई आरोग्य सेवाका लागि आकर्षित गर्ने लक्ष्य निर्धारण गरेको छ। ‘आरोग्य पर्यटन गन्तव्य नेपाल, आर्थिक समृद्धिको आधार’ भन्ने मूल नारासहित ल्याइएको रणनीतिले पर्यटनमार्फत देशको आर्थिक अवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको छ। रणनीतिले गन्तव्य विकास, गुणस्तरीय सेवा, विश्वास निर्माण र समावेशी लाभ गरी चार आधार स्तम्भ तय गरेको छ।

रणनीतिअनुसार लुम्बिनीलाई आध्यात्मिक आरोग्य धामका रूपमा विकास गरिनेछ भने नगरकोटधुलिखेललाई इको–रिट्रिट ग्रामका रूपमा प्रवर्द्धन गरिनेछ। त्यस्तै मनाङमुस्ताङमा पाइने जडीबुटी र लेकाली हावापानीमा आधारित आरोग्य कार्यक्रम सञ्चालन गरिने योजना छ। सन् २०३० सम्म कम्तीमा पाँच प्रमुख क्षेत्रमा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने लक्ष्य राखिएको छ।

मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकालाई योग, ध्यान र स्पा सेवाका लागि आध्यात्मिक–सांस्कृतिक केन्द्रका रूपमा विकास गरिनेछ भने पोखरा र अन्नपूर्ण क्षेत्रलाई प्रकृतिमा आधारित योग तथा रिट्रिट केन्द्रका रूपमा प्रवर्द्धन गरिनेछ। साथै, पर्वतारोहण र पदयात्रासँगै आरोग्य पर्यटनलाई नेपालको प्रमुख पर्यटन पहिचानका रूपमा स्थापित गर्ने लक्ष्य पनि राखिएको छ।

सेवाको गुणस्तर सुनिश्चित गर्न राष्ट्रिय मापदण्ड र आचारसंहिता लागू गरिनेछ। योग तथा ध्यान शिक्षक, स्पा थेरापिस्ट र आयुर्वेदिक उपचारकका लागि अनिवार्य अनुमति र न्यूनतम योग्यता निर्धारण गरिएको छ। सेवाहरूलाई स्तरअनुसार काँस्य, रजत र स्वर्ण गरी तीन तहमा प्रमाणीकरण गर्ने व्यवस्था गरिनेछ।

अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धनका लागि ‘हिल इन नेपाल’ डिजिटल पोर्टल र ‘वेलनेस नेपाल’ अभियान सञ्चालन गरिनेछ। बजार प्राथमिकतामा अमेरिका, जर्मनी, बेलायत र अस्ट्रेलियालाई पहिलो चरणमा राखिएको छ भने चीन, भारत र दक्षिणपूर्वी एसियाली देशहरूलाई दोस्रो प्राथमिकता दिइएको छ। डिजिटल मार्केटिङमा इन्फ्लुएन्सर, युजर–जेनेरेटेड कन्टेन्ट र अन्तर्राष्ट्रिय ट्राभल प्लेटफर्मसँग सहकार्य गरिने जनाइएको छ।

दक्ष जनशक्ति उत्पादनका लागि ‘त्रि–पथ’ तालिम प्रणाली लागू गरिनेछ, जसमा नयाँ जनशक्तिको प्रमाणीकरण, कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रिय बजारका लागि आवश्यक सिप विकास समावेश हुनेछ। साथै, लगानी प्रवर्द्धनका लागि ‘एकद्वार संयन्त्र’मार्फत सहजीकरण गरिने र ‘नेपाल आरोग्य पर्यटन विकास कोष’ स्थापना गरिने योजना छ।

पोखरालुम्बिनीमा सार्वजनिक–निजी साझेदारीमा आरोग्य पार्क निर्माण गरिनेछ। यद्यपि, महामारी, पूर्वाधार अभाव र दक्ष जनशक्ति विदेश पलायनलाई मुख्य चुनौतीका रूपमा पहिचान गरिएको छ। ती चुनौती न्यूनीकरणका लागि संकट व्यवस्थापन योजना र बीमाको व्यवस्था गरिनेछ। रणनीतिको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयका सचिवको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिनेछ।

यो समाचारमा

लुम्बिनीसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकाठमाडौँपोखरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चालु आर्थिक वर्षमा ४० हजार बढी पर्यटक भित्रिए पनि असार लागेपछि अन्नपूर्ण पदमार्ग सुस्तायो

    लमजुङ । वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्णपदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ । पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन् ।धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार वर्षायाम सुरु भएसँगै पर्यटकको

    Data is loading...

    Loading brands...

    Loading footer...