डोजर अभियानबीच बागमती नदीमा सुकुमबासी पुरुष मृत फेला

Author

सजिलो पत्रिका

२०८३ वैशाख १८, शुक्रबार

18
Share
Featured

काठमाडौँ

सरकारले सुकुमबासी बस्तीमा डोजर अभियान चलाइरहेको बेला काठमाडौँमा एक जना सुकुमबासी बागमती नदीमा मृत फेला परेका छन्।

खोटाङ घर भएका अन्दाजी ५५–६० वर्षीय इन्द्रबहादुर राई काठमाडौँ–१४ फोहोर मैला सङ्कलन केन्द्र नजिक बागमती नदी किनारमा मृत अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकको परिवार टेकुस्थित सुकुमबासी बस्तीमा बस्दै आएको बताइएको छ।

प्रहरीका अनुसार सोही क्षेत्र वरपर सरकारले शुक्रबार डोजर अभियान सञ्चालन गरेको थियो। त्यसअघि बुधबार साँझ बस्ती खाली गर्न सूचना जारी गरिएको थियो।

प्रहरीले मृतक केही दिनदेखि घर नआएको स्थानीयको भनाइ रहेको जनाएको छ। घटनास्थलबाट उनको कपडाको पोकासहित शव फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारमा

खोटाङकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...