प्रधानमन्त्री बालेनले अमेरिकी विशेष दूत सर्जियो गोरसँग भेट नगर्ने

Author

सजिलो पत्रिका

२०८३ वैशाख १८, शुक्रबार १५:१७

16
Share
Featured

काठमाडौँ

नेपाल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पका दक्षिण तथा मध्य एसिया मामिलाका विशेष दूत सर्जियो गोरलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भेट नगर्ने भएका छन्। गोर बिहीबारदेखि तीन दिने नेपाल भ्रमणमा काठमाडौँमा छन्।

भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग शुक्रबार भेट गर्ने कार्यक्रम रहेको छ। तर प्रधानमन्त्री शाहसँगको औपचारिक भेट भने नहुने भएको हो।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री आन्तरिक सुशासनका काममा व्यस्त भएकाले भेट तय नभएको हो। उनले भनिन्, “प्रधानमन्त्रीज्यू आन्तरिक सुशासनका काममा व्यस्त हुनुहुन्छ, गोरसँगको भेटघाट छैन।”

यसअघि पनि प्रधानमन्त्री शाहले कुनै पनि विदेशी कूटनीतिज्ञसँग एक्लै भेट नगरेको जनाइएको छ। उनी प्रधानमन्त्री बनेपछि सिंहदरबारमा रहेका विदेशी कूटनीतिज्ञसँग सामूहिक भेट गरेका थिए।

यो समाचारमा

नेपालकाठमाडौँबालेन्द्र शाह (बालेन)शिशिर खनाल
स्वर्णिम वाग्ले5 more

ट्यागहरू

#नेपाल#बालेन्द्र (बालेन) शाह#अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प#स्वर्णिम वाग्ले#परराष्ट्रमन्त्री शिशिर खनाल#शिशिर खनाल#सर्जियो गोर#डोनाल्ड ट्रम्प#डा. स्वर्णिम वाग्ले#प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू