विद्या भण्डारीको भनाइ– सदस्यता होल्डमा भए पनि म अझै एमाले नै हुँ

Author

सजिलो पत्रिका

२०८३ वैशाख १८, शुक्रबार १६:२५

17
Share
Featured

काठमाडौँ

पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले आफू अझै पनि नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँगै जोडिएको बताएकी छन्। नुवाकोटमा नेता–कार्यकर्तासँगको भेटमा उनले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको भए पनि हाल ‘होल्ड’ अवस्थामा रहेको स्पष्ट पारेकी हुन्।

भण्डारीले नेकपा एमालेलाई देशभक्त, राष्ट्रवादी, प्रगतिशील तथा सामाजिक न्यायका पक्षधरहरूको संगठनका रूपमा व्याख्या गर्दै आफू विभिन्न रूपमा पार्टीसँग निरन्तर जोडिएको दाबी गरिन्। उनले भनिन्, “मैले एमालेको पार्टी सदस्यता नवीकरण गरेको छु, अहिले होल्डमा छ।”

उनले आफ्नो राजनीतिक यात्रालाई स्मरण गर्दै २०३७ सालदेखि पार्टी सदस्य रहेको बताइन्। “म २०३७ सालको पार्टी सदस्य हो। अहिले पनि एमाले हुँ,” उनले भनिन्।

साथै, उनले एमालेले जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्तका रूपमा अंगीकार गरेको उल्लेख गर्दै त्यसको श्रेय मदन भण्डारीलाई जाने बताइन्। भण्डारीले आफूलाई मदन भण्डारीसँगको पारिवारिक र राजनीतिक सम्बन्धका कारण पनि पार्टीसँग अझै गहिरो रूपमा जोडिएको अनुभव हुने बताइन्।

यो समाचारमा

काठमाडौँनुवाकोटविद्या देवी भण्डारीनेपाल कम्युनिष्ट पार्टी (एमाले)

ट्यागहरू

#पूर्वराष्ट्रपति विद्या भण्डारी#विद्या भण्डारी#नुवाकोट#नेकपा एमाले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू