स्पेसएक्समा मस्कको पूर्ण नियन्त्रण, हटाउन उनकै सहमति आवश्यक

Author

सजिलो पत्रिका

२०८३ वैशाख १८, शुक्रबार

15
Share
Featured

काठमाडौँ

अमेरिकी अर्बपति व्यवसायी एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले प्रस्तावित प्रारम्भिक सेयर निष्कासन (आईपीओ) सम्बन्धी कागजातमा असाधारण व्यवस्था सार्वजनिक गरेको छ। उक्त प्रावधानअनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा बोर्ड अध्यक्ष एलन मस्कलाई पदबाट हटाउन अन्ततः उनकै सहमति आवश्यक पर्नेछ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले समीक्षा गरेको विवरणअनुसार कम्पनीले दुई तहको सेयर संरचना लागू गर्ने योजना बनाएको छ। यसमा दोस्रो श्रेणीका ‘सुपर–भोटिङ’ सेयरधारकलाई बढी मतदान अधिकार हुनेछ, जसको अधिकांश हिस्सा मस्ककै नियन्त्रणमा रहनेछ। प्रत्येक सेयरमा १० मत रहने व्यवस्था भएकाले मस्कको प्रभाव अत्यधिक हुने देखिएको छ।

यस संरचनाअनुसार मस्कले बोर्ड सदस्यहरूको चयन र हटाउने प्रक्रियामा समेत दीर्घकालीन नियन्त्रण कायम राख्न सक्नेछन्। विशेषज्ञहरूका अनुसार यस्तो व्यवस्था सामान्यभन्दा कडा मानिन्छ। लुसियन बेबचकले यस्तो प्रावधानले सीईओ हटाउने अधिकार सिधै मस्कको मतदान शक्तिसँग जोडिएको भन्दै यसलाई असामान्य स्तरको नियन्त्रणको उदाहरण बताएका छन्।

विश्लेषकहरूका अनुसार यस्तो सेयर संरचनाले कम्पनीभित्र निर्णय प्रक्रियामा अन्य लगानीकर्ताको प्रभाव सीमित पार्न सक्छ। कम्पनीले सम्भावित लगानीकर्तालाई समेत यस प्रकारको संरचनाले निर्णय प्रक्रियामा प्रभाव पार्न सक्ने चेतावनी दिएको छ।

यो समाचारमा

काठमाडौँएलन मस्क

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...