फेवातालमा डुबेका बालकको उद्धारपछि अस्पतालमा मृत्यु

Author

सजिलो पत्रिका

२०८३ वैशाख १८, शुक्रबार

17
Share
Featured

काठमाडौँ

पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक बालकको सशस्त्र प्रहरीले उद्धार गरे पनि उपचारका क्रममा मृत्यु भएको छ।

पोखरा महानगरपालिका–१८ खपौदीस्थित फेवातालमा शनिबार बिहान पौडी खेल्ने क्रममा स्थानीय १० वर्षीय आरेस लामा डुबेर बेपत्ता भएका थिए। घटना जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका कास्कीबाट उद्धार टोली तत्काल घटनास्थलमा परिचालन गरिएको थियो।

सशस्त्र प्रहरी नायव निरीक्षक ताराचन्द्र शर्माको कमाण्डमा खटिएको गोताखोरसहितको सात सदस्यीय टोलीले खोजी कार्य तीव्र पारेको थियो। करिब १८ फिट गहिराइबाट बालकलाई अचेत अवस्थामा फेला पारेर बाहिर निकालिएको प्रहरीले जनाएको छ।

उद्धारपछि उनलाई उपचारका लागि पोखरा–१० रामघाटस्थित पश्चिम क्षेत्रीय गण्डकी अस्पताल लगिएको थियो। तर उपचारका क्रममा दिउँसो १२:१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

यो समाचारमा

पोखराकाठमाडौँपोखरा महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...