सार्वजनिक बिदामा ओपिडी सञ्चालनको निर्णयप्रति चिकित्सक संघको आपत्ति

Author

सजिलो पत्रिका

२०८३ वैशाख १८, शुक्रबार

18
Share
Featured

काठमाडौँ

नेपाल चिकित्सक संघले सार्वजनिक बिदाका दिन पनि सरकारी अस्पतालहरूमा बहिरंग विभाग (ओपिडी) सेवा सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अनुरोधप्रति आपत्ति जनाएको छ। संघले प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णय अव्यवहारिक र अवैज्ञानिक भएको भन्दै तत्काल फिर्ता लिन माग गरेको हो।

स्वास्थ्य मन्त्रालयले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) र बुद्ध जयन्तीको बिदाका दिन पनि देशभरका सरकारी अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न अनुरोध गरेको थियो। यसप्रति प्रतिक्रिया जनाउँदै चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीहरू पनि श्रमिक नै भएकाले उनीहरूलाई बिदाको दिनमा काम गर्न बाध्य बनाउनु अन्यायपूर्ण हुने उल्लेख गरेको छ।

संघका अनुसार अस्पतालमा इमर्जेन्सी लगायतका अत्यावश्यक सेवा बिदाका दिन पनि सञ्चालन भइरहने भएकाले ओपिडी सेवा १–२ दिन बन्द हुँदा ठूलो असर नपर्ने बताइएको छ। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरूमा अन्य पेशाकर्मीलाई जस्तै स्वास्थ्यकर्मीलाई पनि बिदा दिने प्रचलन रहेको संघले स्मरण गराएको छ।

चिकित्सक संघले मन्त्रालयको निर्णय तुरुन्त फिर्ता लिई बिदाका दिन ओपिडी सेवा बन्द राख्दै स्वास्थ्यकर्मीहरूको बिदा सुनिश्चित गर्न आग्रह गरेको छ।


यो समाचारमा

काठमाडौँस्वास्थ्य तथा जनसंख्या मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

    चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।  संस्थाले विसं २०७४

    Data is loading...

    Loading brands...

    Loading footer...