बल्खुका सुकुमबासी बस्तीमा डोजर, खाली गराउने अभियान तीव्र

Author

सजिलो पत्रिका

२०८३ वैशाख १८, शुक्रबार

14
Share
Featured

काठमाडौँ

सरकारले बागमती करिडोरअन्तर्गत बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको छ। शुक्रबार बिहान सो क्षेत्रमा रहेका अस्थायी घरटहरा हटाउने कार्य गरिएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले यसअघि नै सूचना जारी गर्दै बस्ती खाली गर्न बिहीबार साँझसम्मको समयसीमा दिएको थियो। सोही अल्टिमेटमपछि प्रशासनले बल्खु क्षेत्रमा डोजर प्रयोग गरी बस्ती हटाउने अभियान अघि बढाएको हो।

यससँगै काठमाडौँका विभिन्न स्थानमा सार्वजनिक जग्गामा बनेका घरटहरा खाली गर्ने क्रम तीव्र बनेको छ। गोंगबु क्षेत्रका सुकुमबासीहरूले समेत सरकारी चेतावनीपछि आफ्ना अस्थायी संरचना आफैं हटाउँदै स्थान खाली गर्न थालेका छन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...