त्रिभुवन विमानस्थलमा म्याद सकिएका प्रवेश पासको प्रयोग, सुरक्षामा प्रश्न

Author

सजिलो पत्रिका

२०८३ वैशाख १७, बिहिबार

12
Share
Featured

काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिति सकिएका प्रवेश पासहरू प्रयोग भइरहेको पाइएको छ। विमानस्थल स्रोतका अनुसार डिसेम्बर २०२५ सम्म मात्र मान्य रहेका पासहरू म्याद सकिएपछि पनि प्रयोगमा रहेको देखिएको हो।

सुरक्षा संवेदनशील क्षेत्रमा प्रयोग हुने यस्ता प्रवेश पासको म्याद समाप्त भइसकेपछि पनि अद्यावधिक नगरी प्रयोग हुनु गम्भीर प्रशासनिक कमजोरीका रूपमा लिइएको छ। सुरक्षा विज्ञहरूले यसले अवाञ्छित व्यक्तिको विमानस्थलभित्र प्रवेशको जोखिम बढाउने र राष्ट्रिय सुरक्षामा समेत असर पार्न सक्ने चेतावनी दिएका छन्।

यसैबीच, विमानस्थल व्यवस्थापनमा अव्यवस्था बढ्दै गएको आरोप पनि उठ्न थालेको छ। विमानस्थल प्रमुख टेकनाथ सिटौलाको नेतृत्वमा निर्णय प्रक्रिया पारदर्शी नभएको र केही सीमित समूहको प्रभाव बढेको भन्दै आलोचना भइरहेको स्रोतहरूले जनाएका छन्।

विमानस्थलभित्रका सेवा तथा ठेक्का प्रक्रियामा पनि सीमित समूहको मात्र पहुँच रहने गरेको गुनासो बढ्दै गएको छ। यसले प्रतिस्पर्धा कमजोर बनाउनुका साथै संस्थागत सुशासनमा प्रश्न उठाएको कर्मचारीहरूको भनाइ छ।

सरकारले विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित र व्यवस्थित बनाउने प्रतिबद्धता जनाउँदै आए पनि यस्ता घटनाले कार्यान्वयनमा कमजोरी देखिएको सरोकारवालाहरूको भनाइ छ। सम्बन्धित निकायले तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग उठिरहेको छ।

यो समाचारमा

काठमाडौँत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    काठमाडौँ । रुकुमपूर्वको कोल क्षेत्र केन्द्रविन्दु भएर आइतबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ४ बजेर ३० मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्पको धक्का रुकुमपूर्वका साथै आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो। भूकम्पका कारण भएको मानवीय वा भौतिक क्षतिको हालसम्म कुनै आधिकारिक विवरण प्राप्त

    Data is loading...

    Loading brands...

    Loading footer...