नक्सा विवादपछि नेपाल एयरलाइन्सले भारतसँग माग्यो माफी

Author

सजिलो पत्रिका

२०८३ वैशाख १७, बिहिबार

20
Share
Featured

काठमाडौँ

नेपाल एयरलाइन्स
ले आफ्नो सामाजिक सञ्जालमा प्रकाशित विवादित नक्सा प्रकरणका लागि भारतसँग माफी मागेको छ। उडान नेटवर्क देखाउने क्रममा गरिएको उक्त पोस्टमा त्रुटि भएको भन्दै कम्पनीले सच्याएको हो।

एयरलाइन्सले सामाजिक सञ्जालमा प्रकाशित नक्सामा भारतीय भूभाग जम्मु–कश्मीरलाई पाकिस्तानतर्फ देखाइएको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो। उक्त पोस्ट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भारतीय प्रयोगकर्ताहरूबाट व्यापक आलोचना भएको थियो।

विवाद बढेपछि नेपाल एयरलाइन्सले उक्त पोस्ट हटाउँदै माफी मागेको छ। कम्पनीले सामाजिक सञ्जालमार्फत “हालै प्रकाशित नेटवर्क नक्सामा भएको त्रुटिका लागि हार्दिक माफी” मागेको जनाएको छ।

एयरलाइन्सले नक्सामा देखिएको गल्तीलाई कार्टोग्राफिक त्रुटि भन्दै यसले नेपालको आधिकारिक धारणा प्रतिनिधित्व नगर्ने स्पष्ट पारेको छ। साथै, भविष्यमा यस्ता गल्ती दोहोरिन नदिने प्रतिबद्धता पनि जनाएको छ।

यो समाचारमा

काठमाडौँपाकिस्तानभारत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...