रवि लामिछानेविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुँदै

Author

सजिलो पत्रिका

२०८३ वैशाख १७, बिहिबार

15
Share
Featured

काठमाडौँ

रवि लामिछाने
विरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दामा आरोपपत्र संशोधन गर्ने निर्णयविरुद्ध दायर गरिएको रिट निवेदनमाथि आज पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतले उक्त रिटका लागि पेसी तोकेको हो।

सर्वोच्च अदालतका न्यायाधीशहरू अब्दुल अजीज मुसलमान, श्रीकान्त पौडेलशान्तिसिंह थापा सम्मिलित पूर्ण इजलासमा यस मुद्दाको सुनुवाइ हुने जनाइएको छ।

सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर जोडिएको मुद्दामा आरोपपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालय को निर्णयविरुद्ध दायर रिटमाथि आज सुनुवाइ हुन लागेको हो।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले २०८२ चैत १५ गते आदेश जारी गर्दै उक्त मुद्दामा गम्भीर संवैधानिक तथा कानुनी व्याख्या आवश्यक रहेको ठहर गर्दै पूर्ण इजलासमा पठाएको थियो।

संयुक्त इजलासले ‘थप प्रमाण’ सम्बन्धी प्रावधानको गलत व्याख्या हुन सक्ने आशङ्का व्यक्त गर्दै यस विषयमा विस्तृत सुनुवाइ आवश्यक रहेको जनाएको थियो। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ अनुसार ‘थप प्रमाण फेला परेमा’ मात्र अभियोग संशोधन गर्न सकिने व्यवस्था छ। तर, प्रतिवादी स्वयंले दिएको निवेदन वा स्वघोषणालाई ‘थप प्रमाण’ मान्न मिल्ने वा नमिल्ने भन्ने विषयमा कानुनी प्रश्न उठाइएको छ।

त्यस्तै, जिल्ला अदालतको क्षेत्राधिकारमा सर्वोच्च अदालतले हस्तक्षेप गर्न मिल्ने वा नमिल्ने भन्ने प्राविधिक विषयमा समेत स्पष्ट व्याख्या आवश्यक रहेको भन्दै यो मुद्दा पूर्ण इजलासमा पठाइएको हो। अभियोग संशोधनको अन्तिम अधिकार सम्बन्धित जिल्ला अदालतमा निहित रहने भएकाले यस विषयमा अन्तिम निर्णय पूर्ण इजलासले गर्नेछ।

यो समाचारमा

काठमाडौँरवि लामिछाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    काठमाडौँ । रुकुमपूर्वको कोल क्षेत्र केन्द्रविन्दु भएर आइतबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ४ बजेर ३० मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्पको धक्का रुकुमपूर्वका साथै आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो। भूकम्पका कारण भएको मानवीय वा भौतिक क्षतिको हालसम्म कुनै आधिकारिक विवरण प्राप्त

    Data is loading...

    Loading brands...

    Loading footer...