हवाई यात्रामा प्रतिबन्धित सामग्री नष्ट गरिएको जानकारी

Author

सजिलो पत्रिका

२०८३ वैशाख १६, बुधबार

17
Share
Featured

काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
स्थित सुरक्षा कार्यालयले हवाई यात्रामा निषेधित तथा कानुनले प्रतिबन्धित सामग्री नष्ट गरेको छ। विमानस्थलबाट प्रस्थान गर्ने क्रममा यात्रुले लैजान खोजेका यस्ता सामग्री सुरक्षाको दृष्टिले जफत गरिएको थियो।

कार्यालयका अनुसार गत चैत ३० देखि वैशाख १५ गतेसम्म यात्राका क्रममा छुटेका वा बेवारिसे अवस्थामा फेला परेका विभिन्न सामग्री संकलन गरी बुधबार नष्ट गरिएको हो। नष्ट गरिएका सामग्रीमा लाइटर, मदिरा, कैची, घ्यु तथा मसलालगायत वस्तु रहेका थिए।

प्रहरी उपरीक्षक राजकुमार सिलवालले विमानस्थलको डम्पिङ क्षेत्रमा उक्त सामग्री नष्ट गरिएको जानकारी दिएका छन्। सुरक्षा व्यवस्थालाई थप कडाइ गर्दै यस्ता प्रतिबन्धित वस्तु विमानमा लैजान नदिने कार्य निरन्तर जारी रहने पनि उनले बताएका छन्।

यो समाचारमा

काठमाडौँत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले 'नेपालपे कार्ड' को इस्युइङ र अक्वायरिङ सेवा सुरु गरेको छ। यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकका देशभर रहेका ६६ वटा एटीएमबाट नेपालपे र डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू (रुपेसहित) मार्फत कारोबार गर्न सकिनेछ।नेपाल

    Data is loading...

    Loading brands...

    Loading footer...