विराटनगरबाट १९१ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

Author

सजिलो पत्रिका

२०८३ वैशाख १६, बुधबार

23
Share
Featured

काठमाडौँ

मोरङको विराटनगर महानगरपालिका–९ स्थित पतञ्जलि रोडबाट प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर–१७ का २५ वर्षीय बाबु मियाँ र भारतको बिहार घर भएका ३० वर्षीय रोनी भन्ने मोहमद अब्दुल्ला रहेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार उनीहरूलाई वैशाख १४ गते पक्राउ गरिएको हो। पक्राउ परेकाहरूको साथबाट १९१ ग्राम खैरो हेरोइन बरामद गरिएको ब्यूरोका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।

पक्राउ परेका दुवै जनामाथि जिल्ला प्रहरी कार्यालय मोरङले अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको छ।

यो समाचारमा

मोरङविराटनगर महानगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...