सरकारले लोकतान्त्रिक मूल्य र संविधानको उपहास गरेको एमाले उपाध्यक्ष पौडेलको आरोप

Author

सजिलो पत्रिका

२०८३ वैशाख १६, बुधबार

12
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकारका गतिविधिहरू लोकतान्त्रिक मूल्य–मान्यता र संविधानको मर्म विपरीत रहेको आरोप लगाएका छन्। उनले सरकारका पछिल्ला कामकारबाहीले जनतामा निराशा बढाएको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए।

बुधबार आयोजित २७ औँ यदु स्मृति दिवस तथा २४ औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले सरकारले ट्रेड युनियन अधिकार र विद्यार्थीको सङ्गठित हुने अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाए। उनका अनुसार सरकारले जनसरोकारका विषयहरूलाई बेवास्ता गर्दै जिम्मेवारीबाट पन्छिएको छ।

पौडेलले सरकार सञ्चालनका क्रममा संविधान र लोकतान्त्रिक मूल्यलाई आधार मान्नुपर्नेमा जोड दिँदै यी दुई खम्बालाई बेवास्ता गर्न नहुने बताए। उनले वर्तमान सरकार जनताको समस्या समाधानमा संवेदनशील नदेखिएको टिप्पणी गरे।

त्यस्तै, उनले सरकारले सांसदलाई छलेर अध्यादेशमार्फत शासन चलाउने प्रयास गरेको भन्दै ‘अध्यादेशको सिलसिला’प्रति पनि आपत्ति जनाए। यस्तो प्रवृत्तिले लोकतान्त्रिक प्रणाली कमजोर पार्ने उनको भनाइ थियो।

यो समाचारमा

विष्णुप्रसाद पौडेलनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...