बालेन्द्र शाहको भारत भ्रमण तयारी तीव्र, परराष्ट्रमन्त्री खनालको भ्रमणपछि मिति टुंगो लाग्ने

Author

सजिलो पत्रिका

२०८३ वैशाख १५, मङ्गलबार

20
Share
Featured

काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणको तयारी तीव्र रूपमा अघि बढेको छ। नेपाल र भारत दुवै पक्षले भ्रमणलाई लिएर कूटनीतिक तयारीलाई अगाडि बढाइरहेका छन्।

भारतीय विदेश सचिव विक्रम मिस्री वैशाख २८ गते नेपाल आउने कार्यक्रम तय भएको छ। उनी प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्न नेपाल आउन लागेका हुन्। दुई दिने भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता समेत गर्नेछन्।

यसअघि नै भारतीय प्रधानमन्त्री मोदीले शाहलाई भारत भ्रमणको निम्तो दिएका थिए, जसलाई शाहले स्वीकार गरेको परराष्ट्रमन्त्री शिशिर खनालले सार्वजनिक गरिसकेका छन्। त्यस्तै, नेपालका लागि भारतीय राजदूतले पनि प्रधानमन्त्रीको भारत भ्रमण निश्चित हुने संकेत गरेका थिए।

मिस्रीको नेपाल भ्रमणपछि परराष्ट्रमन्त्री शिशिर खनाल स्वयं भारत भ्रमणमा जाने तयारी छ। सो भ्रमणपछि मात्र प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति टुंगो लाग्ने स्रोतले जनाएको छ। त्यसपछि मात्र औपचारिक कार्यक्रम तय हुने बताइएको छ।

प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणलाई लिएर सीमा विवादलगायत विषय पनि चासोमा परेका छन्। लिपुलेक–कालापानी क्षेत्रबारे नेपाल–भारतबीचको पुरानो विवाद र पछिल्ला कूटनीतिक घटनाक्रमका कारण यो भ्रमणलाई विशेष रूपमा हेरिएको छ।

यो समाचारमा

नेपालनरेन्द्र  मोदीकाठमाडौँभारत
बालेन्द्र शाह (बालेन)4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    धनुषामा ट्राफिक कारबाहीबाट १ करोड १४ लाख राजस्व संकलन

    काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष २०८२÷८३ मा रु एक करोड १४ लाख नौ हजार ५०१ राजस्व सङ्कलन गरेको छ । प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले  आव २०८२÷८३ मा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुबाट १२ हजार ६०३ सवारीसाधनमाथि कारबाही गर्दा रु एक करोड १४ लाख नौ हजार

    Data is loading...

    Loading brands...

    Loading footer...