सरकारद्वारा सिफारिस दुई अध्यादेश राष्ट्रपति कार्यालयमा, अध्ययन जारी

Author

सजिलो पत्रिका

२०८३ वैशाख १५, मङ्गलबार

24
Share
Featured

काठमाडौँ

सरकारले संसद् अधिवेशन स्थगन गर्दै दुई वटा अध्यादेश सिफारिस गरेपछि ती अध्यादेश अहिले राष्ट्रपति कार्यालयमा अध्ययनका क्रममा रहेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् सम्बन्धी र सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ती अध्यादेशहरूको अध्ययन गरिरहेका छन्। उनले भने, “सरकारले पठाएका अध्यादेशमा राष्ट्रपति ज्यूले अध्ययन गरिरहनुभएको छ।”

यसअघि वैशाख ८ गतेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वान गर्न सिफारिस गरेपछि राष्ट्रपति पौडेलले वैशाख १७ गतेका लागि अधिवेशन आह्वान गरेका थिए। तर पछि सरकारले विशेष कारण देखाउँदै अधिवेशन प्रक्रिया रोकेको थियो।

संसद् चलिरहेका बेला अध्यादेश ल्याउन संवैधानिक रूपमा संवेदनशील मानिने भएकाले सरकारले संसद् छलेर अध्यादेशको बाटो रोजेको टिप्पणी समेत भइरहेको छ।

यो समाचारमा

काठमाडौँरामचन्द्र पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा भइराखेको छ कारोबार ?

    काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ९०० र चाँदी रु ४० ले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ

    Data is loading...

    Loading brands...

    Loading footer...