
काठमाडौँसरकारले संसद् अधिवेशन स्थगन गर्दै दुई वटा अध्यादेश सिफारिस गरेपछि ती अध्यादेश अहिले राष्ट्रपति कार्यालयमा अध्ययनका क्रममा रहेका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् सम्बन्धी र सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार...