भोटेकोशी–५ जलविद्युत आयोजना सुरु, स्थानीयलाई १० प्रतिशत सेयर दिने घोषणा

Author

सजिलो पत्रिका

२०८३ वैशाख १५, मङ्गलबार

18
Share
Featured

काठमाडौँ

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे क्षेत्रमा कालिका इनर्जी लिमिटेड ले निर्माण गरिरहेको भोटेकोशी–५ जलविद्युत आयोजना औपचारिक रूपमा सुरु गरिएको छ। ‘सिन्धुको पानी, सिन्धुपाल्चोककै लगानी’ अवधारणाअनुसार अघि बढाइएको उक्त आयोजनाको क्षमता ४६ मेगावाट रहेको छ।

आयोजनाले स्थानीय समुदायको हितलाई प्राथमिकतामा राख्दै विकास, रोजगारी र दीर्घकालीन समृद्धिमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ। आयोजनाका प्रतिनिधिका अनुसार स्थानीय युवालाई रोजगारीमा प्राथमिकता दिँदै हालसम्म ८२ जनाभन्दा बढीलाई काममा लगाइएको छ।

आयोजनाको डिजाइन गर्दा भूगर्भीय अवस्था र जोखिम मूल्यांकनलाई ध्यानमा राखेर बस्ती सुरक्षित रहने गरी संरचना निर्माण गरिएको दाबी गरिएको छ। साथै सबै कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गरी निर्माण अघि बढाइएको जनाइएको छ।

स्थानीय सरोकारवालासँग बाह्रबिसे बजार क्षेत्र, कल्लेरी, खरिबोटे, जम्बू, नेपालगाउँ, सिरिसे र सिगार्चे लगायतका स्थानका बासिन्दासँग सम्झौता भइसकेको छ। आवश्यक परे थप सहमति गर्न पनि आयोजना तयार रहेको बताइएको छ।

आयोजनाले खानेपानी स्रोतमा पर्ने प्रभावलाई ध्यानमा राख्दै आवश्यक व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ। साथै खोलामा न्यूनतम पानी प्रवाह कायम राख्ने व्यवस्था पनि गरिएको छ।

आयोजनाको निर्माण सम्पन्न भएपछि ३० वर्षपछि नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गरिनेछ। यस अवधिमा सरकारलाई कर तथा रोयल्टी प्राप्त हुनेछ, जसको लाभ स्थानीय तहसम्म पुग्ने अपेक्षा गरिएको छ।

यसैबीच, आयोजनाले स्थानीय बासिन्दालाई १० प्रतिशत सेयरको ग्यारेन्टी गरेको छ भने संस्थापक सेयरमा पनि स्थानीयलाई प्राथमिकता दिइने जनाएको छ।

यो समाचारमा

सिन्धुपाल्चोककाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    धनुषामा ट्राफिक कारबाहीबाट १ करोड १४ लाख राजस्व संकलन

    काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष २०८२÷८३ मा रु एक करोड १४ लाख नौ हजार ५०१ राजस्व सङ्कलन गरेको छ । प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले  आव २०८२÷८३ मा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुबाट १२ हजार ६०३ सवारीसाधनमाथि कारबाही गर्दा रु एक करोड १४ लाख नौ हजार

    Data is loading...

    Loading brands...

    Loading footer...